नेपाली जनको २०८० साल ,नयाँ वर्ष
सवैमा छाहोस् खुसी र हर्ष।
कसैको आखाँमा आँसु ,देख्नु नपरोस्
दुख र पिडाले कसैमा, बास नगरोस्
कोही पनि खान नपाएर भोकले नमरोस्
आदर्शको भाषण मात्र ,कसैले नगरोस
देशलाई विकास र निकास दिने युवा मात्र अघि सरोस २
देशले स्थायी सरकार पाओस,
आत्मा -आत्मामा शान्ति छाओस्,
कसैले पीडा बोकि प्रदेशि बन्नु नपरोस,
देशको शिर सदा सरवदा उच्च रहोस,
कसैको गुलामी बन्नु नपरोस,
मागेर देश चलाउछु भनेर,भन्नू नपरोस। २
जहाँ रहनुस स्वस्थ र व्यस्थ रहनुस
२०७९सालका अधुरा सपना काम पूरा गर्नु
देशमा शान्ति छर्नु
मनमा सदैव हौसलाले भर्नु
सफताले शिखर चुम्नु
सके विश्व धुम्नु
लक्ष्मीले वास गरून्
जीन्दगीको सहयात्री ले आश गरून्
जीवन यात्रालाई उमङ्गले भरून
वाधा-व्यवधाहरू दुर्लभमा परून।
तपाईलाई देख्नेले ,आहा भनोस्,
प्रगति देखेर ढाहा गरोस
संस्कार र संस्कृतिले तपाई पुर्ण हुनुस्,
अधिकार लिनुस र कर्तव्य कदापि नबिर्सिदिनुस!२
शिक्षा -दीक्षाले शिखर चुमोस
पैसाकै कारण कसैको भविष्य/जीन्दगी नगुमोस
व्यापार -व्यवसाय मौलाएर जाहोस्
देशको अर्थतन्त्रमा आमूल परिवर्तन आहोस्।
अपराधी सँग कानुनले घुडा नटेकोस्
गरीब -दुखीको अन्यायमा राजनितिकरण नहोस्
अपराधी कहिल्यै लिलामीको बजारबाट नछुटोस्
आहा! कति राम्रो नेपालको संविधान भन्ने सवैमा होस २
कु-कर्म,भष्टचार ,अपराधीहरू नाशहोस
मानविय र नैतिकताको सवैमा बासहोस्।२
सगरमाथा भन्दा उच्च रहोस भावना
पूरा हुन तपाईका मनका चाहाना
कसैले-कसै प्रति नगरोस बहाना
यहि छ सम्पुर्ण जनलाई २०८०को शुभकामना
सम्पुर्ण देश-बिदेशमा रहनुभएका नेपाली दाजुभाई, दिदिबहिनी, आमाबुबा, साथीभाइ,ईष्ट मित्रहरू लाई नेपाली 🇳🇵नयाँ बर्ष २०८० सालको शुभकामना व्यक्त गर्दछु ।
✍️ रूपेश कार्की(बद्री प्रयास)
साहित्यकार तथा लेखक
प्रतिक्रिया