तिमि बस अब मेरो काम गर्ने पालो
मिलीजुली काम गरेको पो हो राम्रो
धेरै चोटि देख्छु मैले मेरा नयनले हेर्दा
बाचेको छु म यति मिठो साथ पाउँदा
सुन्दर बिहानी सँग उठ्दा हुन्छ
बादल लागेको बेला वर्षा हुन सक्छ
कसैले त मेरो खबर मायालुलाई भन्नु
खुसी मनले रमाएर आफ्नो हाँसो देखाउनु
सुन्दर जीवन हाम्रो सधैँ खुसी रहोस्
छाती भित्र केवल तिम्रो बास होस
जताततै देखेको छु मैले उज्यालो
तिमि बस अब मेरो काम गर्ने पालो
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
प्रतिक्रिया