पिइदिऊ कि पुरा तिर्खा मेटाउनु छ
के गरूँ मैले आफैलाई समाल्नु छ
तिमि साथमा नहुँदा अधुरो भो मेरो इच्छा
जीवनको बारेमा सोच्छु मैले जीवन रैछ मिथ्या
तिमिलाई बोलाउँछु रुखको छायामा बसी
बोलाउँदा बोलाउँदा थाकिसके स्वर गयो सुकी
कुन शब्दले बोलाऊ कहाँ विश्राम गरूँ
बसमा छैन मेरो मन के गरूँ
केही लक्ष्य प्राप्तिको लागि लागिरहेको छु
यो मनलाई तिमिसँग भुलाउन खोजेको छु
हेर्छु मैले बसेर खुल्ला आकाशमा
माया जोगाएर राखेको छु मेरो मनमा
भरोसा छ जिन्दगीमा केवल तिम्रो
म जीवित बाचेको छु आस छ उनको
पिइदिऊ कि पुरा तिर्खा मेटाउनु छ
के गरूँ मैले आफैलाई समाल्नु छ
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
प्रतिक्रिया