गत बिहीबार दिउँसो अमेरिकाको भर्जिनियाको फेयरफ्याक्स काउन्टीको अलेक्जान्ड्रिया खण्डमा प्रहरीले गोली हानेपछि एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएका छन् । उक्त घटनामा अत्यधिक भीड भएको समयमा रिचमन्ड राजमार्गको एक भाग बन्द समेत गर्नु परेको थियो ।
क्यापिटल बेल्टवे र अलेक्जान्ड्रिया शहरको दक्षिणमा रहेको रिचमण्ड राजमार्गको ६३०० भवन समूहमा रहेको म्याकडोनाल्डको सवारी साधन अडान (पार्किङ) क्षेत्रमा प्रहरी अधिकारीहरूले ती व्यक्तिलाई गोली हानेका हुन् । प्रहरीले उक्त व्यक्तिलाई बेलुका ४ बजेपछि हानेको बताए ।
प्रहरीका अनुसार इन्धन चौकी (ग्यास स्टेशन)मा भेटिएको चोरीको यु-हलको सवारी साधनको अनुसन्धान गरिरहेका एक अधिकारीले उक्त चालकसँग कुराकानी गरे र जसले अधिकारीलाई आक्रमण गर्यो । प्रहरीलाई आफ्नो क्रूजरको चालक बस्ने स्थान (ड्राइभर सिट)मा धकेल्यो र प्रहरी माथिबाट आक्रमण गरेको प्रहरीले भने । आक्रमणमा परेका अधिकारीले रेडियोमा आफूमाथि आक्रमण भइरहेको र आक्रमणकारीसँग बन्दुक रहेको प्रहरीले बताएको छ।
फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसले भने, “यो दृश्य अत्यन्तै असामान्य थियो, र म यस्ता धेरै दृश्यहरूमा गएको छु।” “मैले यस्तो कहिल्यै देखेको छैन। त्यो प्रहरी अधिकारी आफ्नै गाडी भित्रआफ्नो जीवनको लागि लडिरहेका थिए ,उनले भने ।
संघर्षको क्रममा गाडी क्रूजर उल्टियो र म्याकडोनाल्डको छेउको ढोकाको सवारी साधन अड्डा (पार्किङ)मा नियन्त्रण बाहिर गयो। प्रहरी बलका एक २४ वर्षीय अनुभवीले जवाफ दिए र संदिग्धलाई गोली हान्न अघि संदिग्धलाई अधिकारीबाट बाहिर निकाले, प्रहरीले भने।
प्रतिक्रिया