भर्जिनियाका सांसद गेरी कोनोलीका दुई कर्मचारीमाथि फलामे मुङ्ग्रो प्रहार

इनेप्लिज २०८० जेठ १ गते २२:४५ मा प्रकाशित

भर्जिनियाका डेमोक्र्याटिकका सांसद गेरी कोनोलीका दुई कर्मचारीमाथि फलामे मुङ्ग्रो प्रहार भएको छ । सोमबार भर्जिनियाको फेयरफ्याक्सको आफ्नो जिल्ला कार्यालयमा आएका एक व्यक्तिले बेसबल ब्याट अर्थात् बेसबल खेल खेल्ने मुङ्ग्रोले दुई कर्मचारी घाइते बनाएको बताए।

कोनोलीले सिएनएनलाई बताए अनुसार आक्रमणकारी उनको कार्यालयमा प्रवेश गरे र उनका दुई सहयोगीहरूलाई धातुको मुङ्ग्रो आक्रमण गरेको बताए ।

आक्रमणकारीले एक वरिष्ठ सहयोगीको टाउकोमा धातुको मुङ्ग्रोले प्रहार गरेको उनले बताए। आक्रमणकारीले एक महिला प्रशिक्षार्थी(इन्टर्न)लाई पनि हिर्काएका छन् । उनि कामको पहिलो दिन आएको समयमा आक्रमणमा परेकी छिन ।

सोमबारको अघि एक विज्ञप्तिमा, कोनोलीले दुबै सहयोगीहरूको अवस्था खतरामुक्त रहेको र चोटपटक लागेकोले अस्पताल लगिएको छ । फेयरफ्याक्स प्रहरी विभागको आक्रमणकारीलाई पक्राउ गरेको छ । यूएस क्यापिटल प्रहरी( अमेरिकी सांसद भवनको देखरेख गर्ने प्रहरी )ले हिरासतले लिएको र उनि फेयरफ्याक्सका ४९ वर्षीय सुआन खा ट्रान फाम भएको पुष्टि भएको छ ।

कोनोलीले सीएनएनलाई उनी फूड बैंकको लागि रिबन काट्ने क्रममा थिए जब आक्रमणकारी उनको कार्यालयमा गए र भवनमा प्रवेश गरे।

हालैका महिनाहरूमा कांग्रेसका सदस्यहरू, उनीहरूका कर्मचारीहरू र उनीहरूका परिवारहरूमाथि आक्रमण भएका घटनाहरूको एक श्रृंखलाको बीचमा यो आक्रमण भएको हो।

मार्चमा केन्टकीका रिपब्लिकन सेन पलका एक कर्मचारीलाई वाशिंगटन डीसीमा छुरा प्रहार गरिएको थियो। फेब्रुअरीमा एक व्यक्तिले मिनेसोटाका डेमोक्र्याटिक सांसद एन्जी क्रेगलाई उनको आवासगृह (अपार्टमेन्ट )भवनको लिफ्ट(उत्थापक)मा वाशिंगटनमा पनि आक्रमण गरेका थिए । अक्टोबरमा, एक व्यक्तिले सान फ्रान्सिस्कोमा न्यान्सी पेलोसीको पति पल पेलोसीलाई हथौडाद्वारा आक्रमण गरेका थिए ।

गेरीको जन्म बोस्टनमा भएको हो । ७३ बर्षिय उनि २००९ देखि भर्जिनियाको निर्वाचन क्षेत्र ११ बाट अमेरिकी प्रतिनिधि सभामा डेमोक्रयाटिक दलको तर्फबाट प्रतिनिधत्व गरि रहेका छन ।

प्रतिक्रिया