डिसीका प्रहरी अधिकारीले मादक पदार्थ सेवन गरि गाडी कुदाएकोमा भर्जिनियामा पक्राउ गरिएको छ । उनलाई डियुआइ अर्थात् मादक पदार्थ या लागू औषधि सेवन गरि आफ्नो सवारी साधन कुदाएकोमा नियन्त्रणमा लिइएको हो । उनलाई भर्जिनियाको मनाससमा पक्राउ गरिएको एनबिसी वाशिंगटनले समाचारमा जनाएको छ ।
ब्रायन ड्यानियल नामक प्रहरीलाई मादक पदार्थ सेवन गरेको हो या हैन भनि जाँच गर्न अस्वीकारको गरे पछि पक्राउ गरिएको प्रिन्स विलियम काउन्टी प्रहरीले भने।
मनासस शहरको सडली सडकमा अप्रहरी अधिकारीहरूले गत आइतबार दिउँसो २:५० बजे महानगरीय प्रहरी विभागको एउटा क्रुजर सवारी साधन सवारी साधन अडान ( पार्किंग लट )क्षेत्र कुदाई रहेको फेला पारेका थिए ।
जब अधिकारीहरूले ड्यानियलसँग कुरा गरे, उनीहरूले “उनी नशामा थिए” भनेर निर्धारण गरेका थिए । उनलाई बिना कुनै घटना हिरासतमा लिएको प्रिन्स विलियम काउन्टी प्रहरीले भने।
महानगर प्रहरी विभागले उक्त काण्ड पछि उनको प्रहरी अधिकारी खोसेको छ । आन्तरिक मामिलाको छानबिन भइरहेको छ भने ड्यानियल सन् २००७ देखि विभागमा कार्यरत छन्।
मेरील्याण्ड वाल्डोर्फका ड्यानियलले स्वास वा रगत परीक्षण गर्न अस्वीकार गरेका थिए भनि अदालतको कागजातमा लेखिएको छ । उनी रिहा भएका छन् भने र यस महिनाको अन्त्यमा अदालतमा उपस्थित हुनेछन् ।
प्रतिक्रिया