ग्राहकसँग विवाद भएपछि डिसीको एक चमेनागृहका कामदारलाई गोली प्रहार गरिएको छ ।
प्रहरीका अनुसार डिसी स्थित टोनीज प्लेस नामक चमेनागृहमा विवाद भएपछि एक ग्राहकले बन्दुक निकालेको र कामदारलाई धेरै पटक गोली हानेका थिए ।
गत मंगलबार दिउँसोको समयमा गोली चल्दा गोली लागेका घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । करिब १२:४५ बजे एकजना मानिस टोनीज प्लेसमा नामक पुगे पछि विवाद भए पछि गोली चलेको थियो ।
कार्यकर्तालाई अस्पताल लगिएको र संचालकले कामदार ठीक हुने बताइन । उनी र बन्दुकधारीबीच किन झगडा भयो भन्ने बारे तत्काल कुनै जानकारी सार्वजनिक गरिएको छैन।
गोली प्रहार गर्नेको खोजी कार्य जारी रहेको एनबिसी वाशिंगटनले समाचार लेखेको छ ।
प्रतिक्रिया