टोरोन्टो, नेपालभाषाका साहित्यकार श्रीमती श्रीलक्ष्मी श्रेष्ठको उपन्यास “कोरोनाया किचलय्” (कोरोनाको छाँया) तीन अध्याय हालै टोरोन्टो बिस्व बिद्यालयको धर्म अध्ययन बिभाग कक्षमा बाचन गरिएको छ। टोरोन्टो बिस्व बिद्यालय धर्म अध्ययन बिभागको आयोजनामा संचालित दुई सप्ताहब्यापि ” गृष्मकालिन नेवार भाषा प्रशिक्षण कार्यक्रम” का प्रशिक्षार्थीहरुलाई लक्षित गरि सो बाचन कार्य अन लाईन तथा प्रत्यक्ष रुपमा बाचन गरिएको थियो भने सो बाचन कार्य नेपालभाषा तथा अंग्रेजीमा गरिएको थियो।
कार्यक्रममा बाचक उपन्यासकार तथा सह्भागिहरुलाई स्वागत गर्नु हुदै धर्म अध्ययन बिभागका बिभागिय प्रमुख प्रा. डा. क्रिस्टोफ एमरिकले नेपालभाषामा लिखित उपन्यासको बाचन गराउन पाएकोमा खुसी ब्यक्त गर्नु भयो। बाचन कार्य सकिए पछि सह्भागिहरुद्वारा राखिएको जिज्ञासा बारे उत्तर दिनु हुदै उपन्यासकार श्रीमती श्रीलक्ष्मी श्रेष्ठले नेपाल भाषामा कबिता तथा कथाहरु लेख्दै गरेको तर उपन्यास लेख्न रहर हुन्दाहुदै पनि साहस नगरिएकोमा बिस्वब्यापि कोबिदको बेलामा सबैको प्रेरणाले सो उपन्यास चार महिनामा पूरा गरेको बताउनु भयो। जिज्ञासाको उत्तर दिने क्रममा उहाँले उपन्यासमा उल्लेखित भौगिलिक स्थान, संस्कृति, राजनीति ईत्यादि आफ्नो ब्यक्तिगत अनुभब र आफुले सुन्दै आएको इतिहासको आधारमा लेखिएको बताउनु भयो।
प्रा. डा. क्रिस्टोफ एमरिकले सो उपन्यास समग्र रुपमा सशक्त रहेको बताउनु हुन्दै बाचनगरि दिनु भएकोमा उपन्यासकार श्रीमति श्रीलक्ष्मी श्रेष्ठलाई आभार ब्यक्त गर्नु भयो भने सहभागिहरुलाई स्पष्ट होस भनि कार्यक्रममा राखिएको जिज्ञासा तथा उत्तरको प्रा. डा. क्रिस्टोफ एमरिकले अनुबाद गरि दिनु भएको थियो।
उपन्यासबारे प्रतिकृया जनाउदै सहभागिहरुले उपन्यासकारले प्रबासमा बसेर पनि नेपाली माटो सुहाउँदो बाताबरण, समसामयिकता, नेवाः संस्कृति, स्थान बिषयक बिशेषता ईत्यादिलाई फूलको माला जस्तै उनेर प्रस्तुत गर्नु भएकोमा कृतिकारलाई धन्यबाद ब्यक्त गर्नुको साथै भबिष्यमाअर्को कृति पनि प्रकाशित होस भनि शुभकामना ब्यक्त गरे। सो कार्यक्रममा साहित्यकार तथा मानबशास्त्री डा. बालगोपाल श्रेष्ठ, नेवाः बौद्द धर्ममा अनुसन्धान तथा बिद्याबारिधि गर्दै आउनु भएका इयन टर्नर, डा. अलाना सौजा लगायतको उपस्थिति थियो।
प्रतिक्रिया