एनआरएनए भर्जिनिया च्याप्टरको अध्यक्ष पदमा बिजय बगालेको उम्मेदवारी

इनेप्लिज २०८० जेठ ३१ गते २३:३५ मा प्रकाशित

एनआरएनए भर्जिनिया च्याप्टरको अध्यक्ष पदमा बिजय बगालेको उम्मेदवारी दिएका छन् । उनले परिवर्तन अपरिहार्य छ भने उनले २०२३-२०२५ का लागि उम्मेदवारी घोषणा गरेका छन् ।

पारदर्शी,समावेशी र विश्वसनीय बनाउने अभियानमा म पनि सामेल बनेको छु भन्दै छोटो आफ्ना कुराहरु राखेका छन् । हामी-हाम्रो ब्यक्तिगत जीवन भन्दा बाहिर निस्किएर, (समय मिलाएर) कसरी म धेरै भन्दा धेरै हाम्रो समुदाय प्रति योगदान गर्न सकिन्छ भन्नेमा जोड दिने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

बिस्तृत जान्न उनका भनाई जस्ताको त्यस्तै :

सर्वप्रथम,यहाँहरु सबैमा नमस्कार!🙏

पारदर्शी,समावेशी र विश्वसनीय बनाउने अभियानमा म पनि सामेल बनेको छु ।

भनिन्छ, कुनै पनि समाज सेवा आफैमा चुनौति पूर्ण छ । यो, सेवा भनेको कही गएर ८ घण्टा काम गरेर घरमा फर्किए जस्तो पनि हैन । त्यसैले, हामी-हाम्रो ब्यक्तिगत जीवन भन्दा बाहिर निस्किएर, (समय मिलाएर) कसरी म धेरै भन्दा धेरै हाम्रो Community प्रति Contribution गर्न सकिन्छ भन्नेमा जोड दिनेछु ।

म-सदैव सबैसाथीहरु लगायत यो NRNA Virginia Chapter मा आ-आफ्नो पदमा उमेदवार बन्ने समपूर्ण साथीहरु प्रति सम्मान ब्यक्त गर्न चाहन्छु । सकभर सहमतिय प्रकृयाबाट अगाडी बढ्न अनुरोध गर्दछु । यदि त्यस्तो अवस्था रहेन भने प्रजातान्त्रिक अभ्यासबाट अगाडी बढ्ने सबै साथीहरु प्रति ससम्मान समेत ब्यक्त गर्न चाहन्छु । र, म यो पनि दोहोराउॅंन चाहन्छु कि, म सॅंग (हामीसॅंग) चुनाव लड्ने सबै साथीहरु हाम्रो Community कै हुनुहुन्छ । त्यसैले, हामी सबै मिलेर नै हाम्रो अभियानलाई कसरी सार्थक बनाउॅंन सकिन्छ भन्नेमा जोड दिनेछु । यसै सवालमा अन्य अभियान्ताहरु हाम्रो Virginia बाट केन्द्रमा NCC, ICC मा जान चाहने सबै प्रति शुभकामना र सुभेक्षा समेत ब्यक्त गर्न चाहन्छु ।

NRNA Virginia Chapter 2023-2025 लाई अगाडी बढाउॅंनका लागी मेरा प्रतिवद्धता र प्रयासहरु सहितको समावेसी टिम केही दिनमा सार्वजनिक गर्नेछु ।

साथै यहाँहरुको साथ सहयोग र समर्थनको समेत अपेक्षा राख्दछु ।

धन्यवाद ।

Contact # 724732060

प्रतिक्रिया