मैले कवि सुरेन उप्रेतीको “आजका स्वरहरु” कविता संग्रह पढ्ने जमर्को गर्दै छु । केही दिन अघि मेसेन्जरमा “पढेर समिक्षा सहितको प्रतिक्रिया पाउॅ है भगवती जी” भन्दै एउटा पिडिएफ फाइल आएको थियो । मैले “हस समय मिलाएर अवस्य पढ्ने छु ।
” जवाफ दिएकी थिएं । आज “स्रष्टा सॅाझ अमेरिका” को नियमित मिटिंग छ । त्यहॅा उहॅासॅग पक्कै भेट हुन्छ । त्यसैले पनि
संझिएं र केट्याएं मेसेन्जर । सुरेनजीलाई मैले यही “स्रष्टा सॅाझ अमेरिका” मार्फत चिनेकी हुं ।
हाम्रो प्रत्यक्ष भेट नभए पनि वर्षौ पुरानो चिनजान हो कि जस्तो लाग्छ अचेल । भेटमा पढ्दै छु है भन्नलाई पनि म पढ्दै छु “आजका स्वरहरु” । मैले शीर्षक र आवरण हेरेर सिधै “मेरो भन्नु” मा गएँ । किन किन मलाई आफूले नपढी अरुले गरेका समिक्षा पढ्न मन लाग्दैन । आफ्नो हातमा पुस्तक आइसकेको छैन भने समिक्षा पढ्नुको महत्व बेग्लै रहन्छ । पुस्तक छ भने सिधै स्रष्टाको सिर्जनाले लोभ्याउॅछ मलाई ।
अरुका समिक्षा पढेर अरुको धारणालाई आफ्नो धारणा बनाउनु आफ्नै वीचार प्रतिको अन्याय हो झैं लाग्छ । अझ भनौ स्रष्टाको सही विश्लेषण भन्दा पनि लहै लहैमा लाग्ने या अरुको भनाइमा सही थाप्ने हुन सक्छ । पहिलो कृतिमा नै यति धेरै ४८वटा कविताहरू संग्रहित रहेछन् । कविताका सबै शिर्षकहरु आजभोलीका परिस्थिति र परिवेशलाई नै देखेर लेखे जस्तो ताजा झैँ लाग्यो । भलै कृति बिक्रम संबत २०५३ मा आज भन्दा सत्ताईस बर्ष पहिला छापिएको रहेछ ।
तारा उप्रेतीको प्रकाशनमा प्रकाशित यो संग्रहको “प्रकाशिका” शब्दमा म एकछिन रोकिएं । सायद यहॅा प्रकाशक महिला हुनुभएर हो या प्रकाशिका पनि लेख्ने चलन छ ? म भने कवि कवि हो । शिक्षक शिक्षक हो ।साहित्यकार साहित्यकार हो । महिला भएमा शब्द बिगारेर “इका” “इत्री” लगाउनु पर्दैन भन्ने धारणा राख्छु । मैले सबै कविताहरु पढें । म कुनै पनि विधाको समीक्षा गर्ने हैसियतको छैन । यो प्रयास म गर्दिन पनि । पढी सकेपछि पाठकको रुपमा मनमा कौतुहलता जागि हाल्छ । कुनै हरफले मन छुन्छन् त कुनैले रीष उठाउंछ । यसै गरि कुनै पंतिहरुले सॅगै हिंडाउॅछ त कुनै लहरले प्रफुल्ल बनाउॅछ ।
सुरेनजीका कविताहरुमा मैले सबै खाले अनुभूती गर्न पाएं । कविले आफ्ना कविताको अन्त्यमा तिथिमिति लेखेर कविताको जन्म मिति राख्नाले कविता कुन परिवेशमा लेखिएको हो भन्ने कुरा पाठकलाई बुझ्न सहज छ । कविले आफ्नो परिवेश, समाज र वीचीरको आफ्ना कवितामा चित्रण गर्नु भएको छ । राष्ट्र र राजनीतिमा संबन्धित कविताहरुमा हिंजोको र आजको अवस्था उस्तै रहनाले पनि होला पढ्दै जॅादा अहिलेको अवस्था चित्रण गरेका छन् भन्ने लाग्छ ।
“तस्करहरुको होडबाजीमा बन्धु र बान्धवको हत्या गराएर पुरस्कार बॅाट्दै गरेको बेला तिमी आइपुगेछौ, शुभकामना छ तिमीलाई “ यि माथिका पंतिहरु सुरेन उप्रेतीको पहिलो कविता कृतिमा रहेको पहिलो नम्बरको कविता “शुभकामना छ तिमीलाई” शिर्षकको कविता हो । यहॅा प्रस्तुत सटिक ब्यंग्यले मेरो मन छोयो ।
म समिक्षा गर्ने हैसित राख्दिन । पढ्न रुचाउॅछु । सुरुदेखि अन्त्य सम्म पढ्दै जॅादा राष्ट्रवाद, राजनीति, समाज, महिला, बालबालिका, प्रकृति र संस्कृति सबै समेटिएका कविताहरु भेटिए । यहॅा ब्यंगात्मक कविताहरुको पनि उत्तिकै बर्चस्व देखियो । ब्यंग्यको प्रतिनिधि कविता “चमेराको बस्ती”, “लामखुट्टे, उपियॅा र उडुसहरु”, “एकादेशमा” यि कवितीहरुले संबन्धित पात्रहरुलाई झापड दिएका छन् । “चमेराको बस्ती” को एक ॲश- शासन चलाउने भागबण्डा हुन्छ सबैले कुर्सी पाएर खुसियाली मनाउॅछन् चमेराको बस्तीमा ! सुरेनजीका कवितामा देशको मायॅा प्रगाढ छ ।
जताततै देखिएको बेथितिले भतभत मन पोलेको पाईन्छ । यहॅा “देश निसासिसरहेको छ”, “सेलाई सकेछ माटो”, “सगरमाथा होंचियो” कविकाका शीर्षकहरुले नै मुटु चस्काउॅछ । “सगरमाथा होंचियो” बाट एक ॲश – जरसाहेवले कुर्सी अग्ल्याएर आफ्नो हठ कायम गरे सगरमाथा होंचियो टुंडीखेल स्तब्ध भयो ।
जीवनलाई अत्यन्त सकारात्मक बनाएर जीउन सक्नु पर्छ भन्ने संदेश बोकोको “जिन्दगी” कविता मार्मिक लाग्यो – कॅाडा बीच फुल्नु पर्छ फूल हो जिन्दगी दाषतालाई स्वीकार गरे भूल हो जिन्दगी धर्ती हॅसाई हास्न सके खुल्छ जिन्दगी समुन्द्रको सृष्टी गर्ने मूल हो जिन्दगी कविले नारी पात्रहरुलाई स्थान दिएर लेखेका कविताहरु भेटाएं । “नारी” कवितामा अगाध प्रसंशा छ ।
हरेक पुरुषले निस्वार्थ नारीको प्रसंशा गर्न सक्ने हो भने भेदभाव भन्ने रहनै छैन । यहॅा “परिचारिका” कवितामा पनि पेशागतरुपमा नारीलाई सम्मनसाथ प्रसंशा छ ।
“हिमालकी छोरी” कवितामा पासांग ल्हामु शेर्पाले हिमाल आरोहण गरेर पाएको सफलता र बलिदानको प्रसंशा छ । “चेली तिमी” कवितामा हेपिएर नबस्न आग्रह गरिएको छ । बालबालिकाहरुका लागि पनि यो संग्रहमा कविता रहेका छन् । “साना ज्ञानी नानी” र “सानी छोरी” नानीबाबुहरुलाई लय हालेर सुनाउन मिल्ने छन् ।
कविता सॅग्रहको अन्त्यतिर केही संक्षिप्त कविता छन् । थोरै शब्दमा धेरै संदेश दिएको कविता – “ सावधान” विशाल महलभित्रको कोठामा मुर्ती किन्ने र बेच्नेको भेला छ गॅाजा, चरेस, ब्राउन सुगरको भाउ अँकित मेन्यु छ बाहिर ढोकामा पाले छ ‘मेनग्टमा’ झुन्ड्याईएको छ – सावधान, यहॅा टोक्ने कुकुर छ ! सबै कविता पढी सक्दा कविमनको भाव र चेतनको मर्मले छर्लंग भएँ ।
यहॅा समिस्रित कविताहरु छन् । साना नानीबाबुहरु देखि देशको संरक्षणमा बलिदान दिने सहिदहरु, साहित्यमा योगदान दिने स्रष्टाहरु, चाडपर्व संस्कृति सबै समेटिएका छन् । स्थान विशेष कविताहरु पनि उत्तिकै सुन्दर छन् । “फिदिमको युवा मेला” बाट एक अंश- तमोरको पानी चीसो, कावेलीको माछा पालम राम्रो पॅाचथरको, तेह्रथुमको भाका ।
अन्त्यमा, “आजका स्वरहरु” पढ्न पाएर खुशी लाग्यो । डिजिटल पढ्दा फिजिकल पढे जस्तो भने हुंदो रहेन्छ । यहॅा मैले सवै कविताको छुट्टाछुट्टै शब्द थुपार्न चाहिन । समग्रमा संग्रह प्रीय लाग्यो । धेरै ठाउॅमा आन्दोलित बनायो । देश प्रेम त छताछुल्ल नै छ । साहित्यमा अनवरत लागि पर्नुभएका जुझारु अग्रज कवि सुरेन उप्रेतीजीको अन्य कृतिहरुको पनि अवस्यखोजी गर्नेछु । कविता पढेर आनन्दानुभूति गर्ने जो कोही साहित्य प्रेमीहरुले “आजका स्वरहरु” बाट आनन्द लिन सक्नुहुनेछ।
– भगवती पौडेल
प्रतिक्रिया