काठमाडौं, साफ च्याम्पियनसिप फुटबलमा नेपाल बाहिरिएको छ । शनिबार राति भारतसँग २- 0 गोल अन्तरले हारेपछि नेपालको चुनौती लिग चरणबाटै सकिएको हो ।
नेपालका लागि निर्णायक शनिबारको खेलमा भारतका कप्तान सुनिल क्षेत्रीले ६१ औं मिनेटमा पहिलो गोल गरे । दोस्रो गोल ७० औं मिनेटमा महेश सिंहले गरे ।
नेपालसँगै पाकिस्तान पनि लिग चरणबाटै बाहिरिएको छ । समूह ‘ए’ बाट डिफेन्डिङ च्याम्पियन भारत र कुवेतले सेमिफाइनल खेल्नेछन् ।
दुवै टिमको समान ६ अंक छ । समूहको शीर्ष स्थानमा रहने टिमको निर्णय यिनै दुई टिमबीच मंगलबार हुने खेलले तय गर्नेछ । नेपाल र पाकिस्तानबीच हुने खेल औपचारिक मात्र हुनेछ ।
प्रतिक्रिया