राष्ट्रिय धान दिवसकाे अवसरमा विशेष टुक्का कविता लेखन कार्यक्रम सम्पन्न

इनेप्लिज २०८० असार १६ गते ४:०४ मा प्रकाशित

काठमाडाैँ,
टुक्का साहित्य समाजकाे आयाेजना २०८० असार १४ गते राष्ट्रिय धान दिवस विशेष टुक्का कविता लेखन श्रृङ्खला ४६ सम्पन्न भएकाे छ ।

टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा विश्वभरिबाट १०३ जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे प्रशिक्षण अध्यक्ष चापागाईँले नै गर्नु भएकाे थियाे । सहभागीहरूले राष्ट्रिय धान दिवसकाे अवसरमा धान दिवस विशेष सुन्दर टुक्का कविताहरू सिर्जना गर्दै शुभकामना आदान प्रदान गरेकाे थिए ।

टुक्का साहित्य समाजले चाडपर्व उत्सव लगायत विशेष अवसरहरूमा विशेष टुक्का कविता लेखन कार्यक्रमहरू सञ्चालन गर्नुकाे साथै अन्य विभिन्न किसिमका नियमित अभ्यासका कार्यक्रम तथा प्रशिक्षणहरू समेत सञ्चालन गर्दै आएकाे छ ।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/ प्रशिक्षक चापागाईँले
कृषि प्रधान हाम्राे देशमा अहिले वैदेशिक राेजगारकाे कारण युवाहरू सबै विदेशीएका छन् । दैनिक आवश्यक खाद्यान्न, तरकारीहरू लगायतका कृषिजन्य सामाग्रीहरू धेरै जस्ताे आयातमा नै निर्भर हुनु परेकाे तर सरकारले घाेषणा गरेका “कृषि प्रधान देश”, “कृषिमा आधुनिकिकरण” जस्ता नाराहरू सबै नारामा मात्र सीमित भएकाेमा दुख व्यक्त गर्दै अब छिटै देशकाे राजनीतिक र आर्थिक सुधार हाेस्, अनि कृषिमा नारा मात्र हैन नेपाल साँच्चैकाे कृषि प्रधान देश बन्न सकाेस् भन्ने कामना गर्दै राष्ट्रिय उत्सवकाे रुपमा रहेकाे असार १५ अर्थात राष्ट्रिय धान दिवसकाे पूर्व सन्ध्यामा आयाजित कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरू लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

उक्त कार्यक्रममा सङ्कलन गरिएका राष्ट्रिय धान दिवस विशेष टुक्का कविताहरू
[१]
१.
असार पन्ध्र खेतमा हिलाे खेलाैला रमाई
राेपेर धान गरेर खान काेदाली समाई ।
२.
अभाव धेरै किसान माझ असारे चटाराे
देखाए आशा प्रविधि नयाँ नाराकाे झटाराे ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[२]
१.
असारले भिजायो रे तिम्रो मनलाई
आँसुले भिजायो मेरो यो तनलाई ।
२.
बादलको कुनै देश हुन्न
आकाशलाई कतै ऊ छुन्न।
✍️ डा.देवी पन्थी
[३]
धानलाई रोप्नु छुपुमा छुपु बीउ बेठी राखुँला
असार पन्ध्र दही चिउरा खाइ रसिया गाउँला।
✍️ डा.साङ्मु लेप्चा
दार्जिलिङ
[४]
१.
न गोरु छ न खेताला कसरी धान्ने परम्परा,
पर्दैन पानी खिसिक्क हाँसेका छन् खेतका गरा ।
२.
सदा झैँ गमलामै धान रोपेर असार पन्ध्र मनाऔँ
यथार्थ छोडेर कागजमै कृषिप्रधान देश बनाऔँ।
✍️ वसन्त अनुभव
घोराही, दाङ
[५]
१.
असारे झरी दही चिउरा खाई धान त रोपियो,
बेला त यही फसल है रोप्ने लौ मौका नै छोपियो ।
२.
धान रोपाइँमा सबै नै व्यस्त दिन गनेर ,
घामलाई हेरी कहिले हुने अस्त भनेर ।
✍️ राजेन्द्र पासा
दार्जीलिङ ।
[६]
१.
भ्यागुताको ट्वारट्वार किरकिरेको किरकिर
असार मास साँझ मिठो हावा चल्यो सिरसिर ।
२.
असार साउनको महिना नै कति रमाइलो
रोपाइँ गर्दा कहिले पानी कहिले घमाइलो ।
✍️ रचना शर्मा प्रतीक्षा
महालक्ष्मी नगरपालिका – ४, ललितपुर ।
[७]
१.
उत्सव ठुलो मनाऊँ जुटी यो धान दिवस
जोतेर खेत रोपेर धान नबनी विवश।
२.
असार राम्रो भए पो राम्रो बन्नेछ मङ्सिर
असार नै हो किसानको त्यो भाग्यको लकिर।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[८]
१.
सुख्खा खेतमा बलैले रोपियो धान
फल्छ कि नाइँ पुग्ने, वर्ष दिन खान ।
२.
सबैले ठग्ने किसानलाई प्रकृतिले पनि ठग्यो
बल्लतल्ल रोपेको धान, आएको बाढीसँगै बग्यो ।
✍️ राजेशराज गड्तौला
काँडाघारी, काठमाण्डौ
[९]
१.
परेन पानी बाँझै भो खेत खडेरी लागेर,
नगरी कर्म हुने भो सर्म के खानु मागेर।
२.
रोपौँला धान भनेर बिउ राखेको छरेर,
बाँझो भो खेत भएन वर्षा खडेरी परेर।
✍️ नवशिला
बेलबारी-२,लालभित्ती,मोरङ।
[१०]
१.
पूरा गरौँ असार पन्ध्रको मनकामना सामना ,
धान दिवसको सबै सबैमा मेरो शुभ कामना।
२.
असार पन्ध्र छुपुमा छुपु बिउ धान रोपाैँला ,
हलो र गोरु साथमा लागि बेंसी खेत जोताैँला।
✍️ बेदु न्यौपाने
काठमाडौँ
[११]
१.
धान रोप्ने असारमा दही चिउराको खाजा,
नाच रोपाहार हिलोमा म बजाउछु बाजा।
२.
पानीका थोपा घामको राप,थाप्लोमा थापेर,
रोप्दैछौँ धान हार र गाभा हिलोमा गाभेर।
✍️ होम प्रसाद नेउपाने
धरान, सुनसरी ।
[१२]
१.
धेरै गरेका छन् किसानले दु:खकाे सामना,
असार पन्ध्रकाे सम्पूर्णमा छ शुभकामना।
२.
पानी बिना कसरी राेप्ने हजुर धान,
नपुग्ला जस्तो छ साँझ र बिहान खान।
✍️ सहयात्री शाेभा अर्याल
बुटवल, रुपन्देही
[१३]
खेतको गराभरि हलोजुवा र कोदालीको सुन्दर भेट,
पौरखी हातहरू लगातार चले भरिन्छ सबको पेट ।
✍️ म्यामराज राई
भोजपुर
[१४]
आषाढ पन्ध्रमा, खानु छ खीर
गर्नुछ रोपाइँ, नमानी पीर ।
✍️ नागेन्द्रप्रसाद यादव
गढवा, दाङ
[१५]
१.
धान दिवसकाे सबैमा शुभकामना
पूरा हुने नै छन् ती हाम्रा मनकामना ।
२.
आषाढ पन्ध्र आएर गीत गाएर
राेपाै धान छुपु छुपु माया लाएर ।
✍️ भानु पाेखरेल
झापा, भद्रपुर -९
[१६]
१.
छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला
खेतमा झार उम्रेछ भने मिलेर गोडौला ।
२.
बीउ र बीजन किसानले पाए हिलोमा मुछेर
घरमा अन्न भएन भने दुःखका आँसु पुछेर ।
✍️ अम्विका अधिकारी
झापा विर्तामोड
[१७]
१.
असार आयो पानी पर्यो न खेत नहली,
निमेक खोजुपर्छ सधैँ विदेशीको गल्ली।
२.
छाडियो गाई गाेरू पाल्न बिर्सियौँ सबै परम्परा,
खोला सुके बगरमा घर छन,छैनन् खेतका गरा।
✍️ सुरेशकुमार पाण्डे
दाङ घोराही १८
[१८]
१.
राेपाइँ गर्थ्यौँ गैरी खेतमा असार पन्ध्र आजै,
पानी पर्दा घुमैमा ल्याउने हाम्रा बाउसे दाजै।
२.
हिलाम्मे पार्ने हलिया दाजु हल गाेरु साउनु,
असारे भाका घन्काई राेपारले गीत गाउनु।
✍️ पुष्पा राई
खाेटाङ।
[१९]
१.
असारे गीत घन्काइकन डाँडा र पाखैमा
दोहोरी खेल्छन् खेतलाहरू हेरेर आँखैमा ।
२.
असार मास हिलोमा धान रोपेर छोडौँला
साउन मास गएर हामी मिलेर गोडौँला ।
✍️ सुशीला ढकाल अधिकारी
[२०]
१.
परिश्रमले घर चलाउनु
मानो रोपेर मुरी फलाउनु।
२.
किसानलाई छ कामको चटारो
मल बिउ छैन केवल झटारो।
✍️ शारदा चौलागाईं “चन्द्रा”
काठमाडौँ
[२१]
१.
बाँच्ने र बचाउने महा ऐश्वर्यका अनुसार
किसानको उत्साह बोकेर आएको छ असार।
२.
कोही उठिबास छ बाढीले कोही खेदेर भल
रसाई कुलो खेतखेत किसानको खलबल।
✍️ सुनिता
भाेजपुर तिवारी भञ्ज्याङ
[२२]
१.
देखाउने शैलीमा असार पन्ध्र मनाउने
धान गमलामा रोपी दिवस झैँ जनाउने।
२.
बाँझो नराख जमिन साँच्चै बनाउन देश
स्वाभिमान भै रहन्छ आफ्नो भाषा आफ्नै भेश।
✍️ अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति- १
हालः- अमेरिका,बोस्टन।
[२३]
१.
उन्नत जातको बिउपल छैन, हुने त भयो हार
मेहनत जती सुकै गरे पनि किसान पर्ने मार ।
२.
चिप्ला भाषण नेता ज्यूका सुन्न पर्ने धेरै जसो
कहिले होला शान्ति देशमा मलाई चस्को पसो ।
✍️ डिल्ली राज घिमिरे
अर्घाखाँची
[२४]
१.
छुपुमा छुपु हिलोमा धान खेतमा रोपौला छोडेर
गर्नु छ सुसार गए नि असार हुर्काउला गोडेर।
२.
असारे मेलो हिलैको खेलो अाहा झरिमा रुझेर
खेलौन हिलो बाउसे र रोपार रोपाई बुझेर।
✍️ साँग्रीस मानन्धर मोती
क्याक्मी हटिया हरिनास ६ स्याङ्जचाही
[२५]
१.
दही चिउरा खाँदै धान है रोप्ने समय आएछ
आलीमा बसेर त्यो सानाे केटोले असारे गाएछ।
२.
असारमा रोपी मङ्सिरमा पाक्ने अन्न हो यो धान
हिलो र माटो छ खेतमा भनि अल्छी चाहिँ नमान।
✍️ दीपक ठटाल जलन
खरसाङ
(२६)
१.
मानो रोपेर मुरी फलाउने दिन अब आयो
मुरलीको धुनमा सानेले असारे गीत गायो।
२.
मानव जीवन धानले नै जोगायो
आजकल मान्छे विदेशमै रोगायो।
✍️ दस्ता कौशिक
पाँचथर।
(२७)
१,
असार लाग्यो आउ घर प्यारा,छिप्पिनै लाग्यो बीउ,
कामको चापले गल्न म दिन्न,राख्या छु साँची घिउ।
२,
भोलि छ मेलो रोप्नु छ धान,आउनु है सानिमा,
नमरी बाँचे फर्काउँला पर्म, यो जिन्दगानीमा।
✍️ चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०, राँझा एयरपोर्ट बाँके
[२८]
१.
उसको मेहनती शरीरबाट चुहेको पसिना
अनमोल मोती हुन नठान है ती साह्रै मसिना।
२.
गह्रै गह्रामा लहलह बाला झुलेको देखुँ
तिम्रो महत्वको वर्णन कुन पन्नामा लेखुँ?
✍️ अर्जुन उप्रेती (अप्रतिम)
असम, भारत।
[२९]
मानो रोपेर मुरी हो फलाउने,
हिलोमा रमाइलोले गलाउने।
✍️ सुशीला पाैडेल
अर्घाखाँची
हाल काठमाडाैँ
[३०]
१.
माना रोपी मुरी फल्ने हाम्रो देशको माटो
धान रोप्दै बाउसे खेल्दै खुसी छर्ने पाटो ।
२.
असार आयो मल बिउ छैन भ्रष्टाचारी भए बेटा
देशको आनाजको मूल्य छैन बिषादी ल्याउछ केटा ।
✍️ दिलीप याेञ्जन तामाङ
[३१]
१.
असारे पन्ध्र सिम्सिमे पानी किसान रमाए,
सबेरै उठी हतार गर्दै कोदाली समाए।
२.
समाज भित्र बसेका हामी एकता बनाई,
रोपाइँ हुन्छ जुटेर सबै पर्वमा रमाई।
✍️ भगवती दवाडी
दमक, झापा
[३२]
१.
असार महिना छुपुमा छुपु धान रोपी छोडौँला,
साउने झरीमा घुम ओढीओढी आएर गोडौँला ।
२.
नभनी हिलो नगरी ढिलो आपसमा प्रेम ठाँटी,
ढपक्कै ढाकी बाउसे रोपार बेठीले दिन छाँटी ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चाेक, हाल काठमाडाैँ
[३३]
१.
असार महिना खेतमा धान रोप्ने बेला
कृषकका लागि अति नै रमाइलो मेला ।
२.
असार पन्ध्रको चाड खुसीले मनाऊँ।
मिलीजुली सबैले दही चिउरा खाऊँ।
✍️ नीता गुरूंग भाटिया
गुवाहाटी, असम भारत।
[३४]
१.
असारे गीत आउला नि है बेसीमा झरेर
असार पन्ध्र मनाउला रमाइलो गरेर ।
२.
मारौला भोक मारौला प्यास कम्मर कसेर
सबै मिलेर खाउला खाजा आलीमा बसेर ।
✍️ श्री लिम्बू “प्रयासी”
पाँचथर
[३५]
१.
बादलको त हुदैन क्यारे आफ्नो देश
डुलिरहन्छ हिमाल, तराई, मधेश ।
२.
बादललाई मन पर्ने,वन,जङ्गल र खोला
किन ? उसलाई मरुभूमि मन पर्दैन होला।
✍️ पुष्पा सुवेदी
नेपालगञ्ज, बाँके ।
[३६]
१.
असार मास म खेत जाेत्थे चढ्दथेँ पटाहा,
पारेर टुक्का फलाएँ घर बनिएँ फटाहा ।
२.
नपाई बिऊ किसान रुँदै हिलाेमा लडेका,
बिउकाे माला ओडेर नेता साेफामा चढेका ।
✍️ निरज कोइराला
इटहरी
[३७]
बर्खा लागिसक्यो अब रोपाइँ गर्न जाऊँ
हिलो खेल्दै सबैले असार पन्ध्र मनाऊँ।
✍️ हिमा आर.सी
मेहेलकुना सुर्खेत
[३८]
१.
असारे मैना पानीको वर्षा यो हाम्रो सिजन
जोत्नु छ खेत भोको छ पेट यस्तै हो जीवन।
२.
असारे पन्ध्र धान छुपुछुपु खेतैमा रोपौला
ओढेर घुम गाएर गीत साथीभाइ रमौला ।
✍️ ध्रुब श्रेष्ठ
[३९]
१.
टारी खेत रोपाइँ गरौँ झरेर ओराली,
हातमा बिउ बोकी झरौँ समाई कोदाली।
२.
असारे पन्ध्र दही र चिउराले काम गर्न आँट आउछ
लाठेले गर्नु छेउ र कुना रोपारे असारे गीत गाउछ।
✍️ भुपेन्द्र राना मगर
धादिङ
[४०]
१.
कसरी हाँसुन् किसान बरा खेत छन् हाँसेका
रुँदैछन् सबै यै माटोसँग पिरती गाँसेका ।
२.
रोपिन्छ धान शहर तिर गमले खेतमा
कहिले लाग्ला सुद्धिमा घाम बडाको चेतमा?
✍️ बाबुराम गौतम
गुल्मी
[४१]
किसानलाई काम छ धेरै असार मासमा
पसिना हुन्छ हामीले खाने प्रत्येक गासमा ।
✍️ आर्त अकुलीन
कैलाली
[४२]
१.
हेर न हेर आकाश तिर लागेछ असार
खन जोतगरि बारी र कान्ला पारौँ तयार।
२.
रोपेर मानो फल्दछ मुरी भरौँला भकारी
असार पन्ध्र दही र च्युरा खाजा छ तयारी।
✍️ सूर्यमणि रेग्मी
चितवन
[४३]
१.
ढुक्क बस्नु असार पन्ध्रमा धान रोप्न आउला
दही चिउरा खाएर नै रमाइलाे मनाउला ।
२.
फरिया र चौबन्दी लगाई असारे भाका गाउने
धानै रोपी छ्प छ्प हिलैमा नाँचेर रमाउने ।
✍️ हन्नाह क्षेत्री
दार्जिलिङ
[४४]
१.
छरेकाे बिउ वैशाखकाे बेला असारमा राेप्नलाई
परदेशबाट फर्केर आउनु है बाउसे गर्नलाई ।
२.
नबस्नु परदेश असारकाे बेला ए मेरा दाजुभाइ
खान पर्छ पछि त्यै धनकाे भात नेपालमा फर्की आइ।
✍️ कल्पना भण्डारी
सिन्धुपाल्चोक (हाल काठमाडौं )
[४५]
यो असारे झरीमा रुझ्दैभिझ्दै किसान,
यसरी उब्जाउछन् राष्ट्रिय खाद्य धान।
✍️ बि कुलुङ
दार्जिलिङ
[४६]
१.
छुपुमा छुपु रोपेर धान खुसी भई मनाउला
असारको पन्ध्र दोहोरी खेल्दै हाँसेर जनाउला।
२.
हो हो रे गर्दै ओराली झर्दै हल गोरु नारेर खेतैमा
दही चिउरा खाँउला पिरती लाउला पहिलो भेटैमा।
✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे
[४७]
१.
मुट्ठी मानो बनाउने आस लिई खेतमा
लागेका छन् कृषिकर्म गर्दै मनु चेतमा।
२.
असारको सार खिँची आऊ गीत गाउन
लेकबाट बेँसीसम्म आऊ प्रीति लाउन।
✍️ महेन्द्र मान बलामी
दक्षिणकाली-९ फर्पिङ, काठमाडौ ।
[४८]
१,
छुपुमा छुपु धानै है रोप्नु,असार पन्ध्रमा,
हिलोमा नाच्दै हो माले भन्दै, रमाई मन्द्रमा।
२,
अभाव भयो मान्छेको आज,प्रदेशी हुनुले,
रोपाहा छैन गाउँघरमा, दुखमा रुनुले।
✍️ एवाइ प्रभात
सहिदभुमि-३ छेन्ताङ धनकुटा
हाल मोरङ
[४९]
१.
गाउँदै गीत लाउँदै प्रीत धान है रोपौँला,
परेमा पानी ओतका लागि घुमले छोपौँला ।
२.
नराखाैँ बाँझाे जमिन कतै असार मासमा,
राेपेर छाेडाैँ मिलाई गाेडाैँ फलकाे आसमा।
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
[५०]
१.
छेउकुना मिलाई गर्दैछन् बाउसे फ्याउरी समाइ
रोपारे सबै आनन्द मान्दै गाउँदै छन् गीत रमाइ ।
२.
खेतका धनी आइपुगे डोकोमा खाजा लिएर
आनन्द माने सबैले चिउरासँग मोही पिएर।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा
[५१]
१.
रोपेर माने फलाउँला मुरी
नारेर गोरू कुलो पानी कुरी ।
२.
आनन्दको दिन खेल्दा हिलोमाथि
गैरी खेत रोप्दा जुटौ सबै साथी।
✍️ इन्दिरा देवकोटा
क ब न पा ३
[५२]
१.
देखिन्छौ राम्री ,गुन्यु र चोली ,शिरैमा चन्द्रमा
छुपुमा छुपु ,रोपेर धान ,असारे पन्ध्रमा ।
२.
रोपी धान दही च्युरा खाऊँ बसेर आलीमा
जाँगर चलोस्, पसिना फलोस्,असारे बालीमा।
✍️ कृष्ण घिमिरे उदार
पाणिनि ७, अर्घाखाँची
[५३]
१.
असार मास अर्म र पर्म यही हो किसानको मेल
परिश्रम गरि फलाउने अन्न यही हो हाम्रो खेल ।
२.
गाएर गीत अनि जोत्दा हलो खेतमै घिर्सौंला
वर्षेनी पाइयो सद्भाव पनि कसरी बिर्सौंला ?
✍️ प्रेम थापा “मन”
बागलुङ
[५४]
१.
मानो रोपेर मुरी फलाउने हाम्रो चाहना
राष्ट्रिय धान दिवस असीको शुभकामना।
२.
महँगाइले आकाश नै छोयो गाउँ बस्ती शहर बजार
यसको जिम्मेवार हो हाम्रो देशको नालायक सरकार।
✍️ हिउँकला हाँसी खतिवडा
कैलाली
[५५]
१.
काँधमा जुवा बोकेर किसान दाइ हिडेका ,
मानो रोपी मुरी फलाउन रोपार भिडेका ।
२.
दही चिउरा खाँदै असार पन्ध्र मनाउने ,
खेतमा बिउ रोपी धान दिवस जनाउने ।
✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
[५६]
१.
सेतै फुल्यो असारे बारिको डिल डिल,
छुपुछुपु धान रोप्ने खोलेर यो दिल।
२.
हिलो खेली खलो बान्ने मुठा मुठै बिउले,
असारेमा नाच्ने हो सकुन्जेल यो जिउले।
✍️अच्युत घिमिरे
भुटानबाट🇧🇹
[५७]
१.
पन्ध्र असारको दिन दही-चिउरा लिन्छन्
यसै दिन धान दिवसको कामना दिन्छन्।
२.
कृषकलाई नै शक्ति मिलोस् गर्न सामना
धान दिवस पर्वको मेरो शुभकामना ।
✍️ शिव कुमार रेग्मी
पोखराथोक, पाल्पा
[५८]
१.
ह ह माले भन्दै असारे भाकामा गीत गाउँदै
दही चिउरा खादै पन्ध्रलाई बिदा रमाउँदै।
२.
असार मास पानी है पर्याे छुपुछुपु धान राेप्दै रमाई
छ्याप्ने हिलाे बाउसे र हली राेप्नेरीहरू हात समाई।
✍️ दीपा शाही रावत
कैलाली, टिकापुर
[५९]

मानाे राेपे मुरी फल्छ असारकाे बेला ।
चाँडोभन्दा चाँडो जुटाै नहाेस् है अबेला।

छुपुछुपु धान राेपाैँ हिलाेमा रमाई ,
मङ्सिरमा बाला झुल्छन् श्रमकाे कमाई ।
✍️ शम्भु गजुरेल
[६०]
१.
असार पन्ध्रमा दही चिउरा खानु
धानको बीउ बाेकी गैरी खेत जानु ।
२.
हालाे र जुवा बाेकी खेतमा जाउँला
राेपाइँ सकी साँझमा घर आउँला।
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
[६१]
१.
छुपुमा, छुपु धान रोपेर हरियाली बनाउनु
दही र चिउरा खाएर असार पन्ध्र मनाउनु ।
२.
कृषिप्रधान हाम्रो देश मानो रोपेर मुरी फलाउने
राेपाइँमा हिलो खेलेर असारे भाकामा गीत गाउने ।
✍️ प्रेम शर्मा ” एकान्त प्रेमी “
कालेबुङ
[६२]
हिलो र आली असार पन्ध्रमा धानको बिउ रोप्छाैँ हामी किसान
नेपालका नेता धान राेप्छन् गमलामा कसरी पालिन्छ जहान।
✍️ मेघनाथ दुलाल
उर्लाबारि न.पा. ४ मोरङ्ग
[६३]
१.
असार लाग्यो किसान जाग्यो खेतैमा बरिलै
रोपाइ सुरु खुरुमा खुरु अब त लरिलै ।
२.
मन छ दङ्ग नयाँ उमङ्ग छाएको भेटियो
असारे मास रोपनी गर्न खेतारी देखियो ।
✍️ रिता खराल
रुपन्देही
[६४]
१.
थन्क्याएर कुटोकोदालो गोरु हलो जुवा,
खेतबारी बाँझो राखि हिँडे विदेश युवा ।
२.
असार पन्ध्र दहीच्यूरेले धान रोपे गमलामा,
जगत हँसाउने काम गरेर परे झमेलामा ।
✍️ कृष्णकुमार वैद्य
बनेपा ९ काभ्रे
[६५]
१.
असार मासमा धानको बीउ हातमा लिएर,
रोपाइँ गरौँ मेलामा झरौँ जिउ ज्यान दिएर।
२.
धुमाई धुमाई बुनिदेउ दाजु धुमको छपनी,
पिरती लाउन पो रहर जाग्यो जादैछु मपनी।
✍️ दुर्गा आचार्य
मोरङ
[६६]
१.
धान दिवसकाे सबैलाई शुभकामना,
राेपेर बीउ हरियै पारि गराैँ सामना।
२.
राेपाैँला धान मिलेर खान हरियै बनाई,
कामको बेला किसान भेला पसिना खनाई।
✍️ शाेभा आचार्य गाैतम
काठमाडौँ
[६७]
छुपुमा छुपु हिलोमा धान रोपौँला असारमा
मङ्सिरमा धान भित्र्याएर राखौँला भण्डारमा ।
✍️ बाबुराम पाण्डे
अर्घाखाँची
[६८]
१.
असार पन्ध्र धान रोप्ने बेला, खेतको हिलो नमान घिन,
रोपाहार सबै निर्धक्क रमाई, दही चिउरा खाने दिन ।
२.
असारे महिना बेग्लै छ महिमा, पानीको अभाव,
सरकार मौन ! मलको खाँचो, कृषकको दबाब ।
✍️ रबि श्रेष्ठ
सन्धिखर्क-१, अर्घाखाँची !
हाल : बुटवल, रुपन्देही, नेपाल !
[६९]
१.
आए न अहिले असार धर्केर
आउँछ किन हो खडेरी फर्केर।
२.
कतै बाढी पैरो कतै छ खडेरी
धान रोप्ने खेत बनाए घडेरी ।
✍️ सञ्जना शर्मा
दाङ लमही
[७०]
१.
जीवनको रस प्रकृति वश किसान आशामा,
खेरै जाँदैछ नि श्रमको मोल त्याे उल्टो दिशामा।
२.
भाषणले खेती नहुने रहेछ, चाहिन्छ मल बिउ,
पसिना बेच्नलाई विदेश पस्छन्, युवाका मन जिउ।
✍️ मनोहरी पौडेल
गैडाकोट १
[७१]
१.
आयाे है सहकालकाे महिना शुभलक्षण भित्र्याउदै असार
समृद्धिकाे बिरुवा लगाउदै उमंगका साथ किसान हतार।
२.
पसिना र श्रम बगाउँछन् किसान पाउदैनन् उचित बजार।
सरकारी नीति, बिचाैलिया शाेषक छ, मन लागि लुट्ने हजार।
✍️ रमा बानिया
कटुन्जे, भक्तपुर ।
[७२]
१.
धान दिवस के मनाउनु खेतै रोप्न छोडे
गाउँ गाउँ किसानले नगदमा मन मोडे।
२.
हिलो छ्याप्दै खेत रोप्नुको मजा नै छुट्टै हुन्छ
परम्परा भुल्दै जान लागे मेरो मन रुन्छ ।
✍️ सरिता सेढाई
धादिङ
[७३]
१.
कृषिप्रधान देशमा कृषिको नै रहोस् भावना
सबैमा धान दिवसको हार्दिक शुभकामना ।
२.
धान रोप्न खेत जाउँ है सखिहरू मेरा
असार पन्ध्रमा खानु दही चिउरा केरा ।
✍️ दुर्गा भट्टराई
मोरङ
[७४]
१.
माैलाउदै गरुन् है भित्री मनका भावना
धान दिवसकाे सम्पूर्णमा शुभकामना ।
२.
छुपु र छुपु हिलाेमा हामीले राेपाै धान
खेती नै हाे हामी नेपालीको राष्ट्रिय शान ।
✍️ केसर बाेहरा (संघर्ष )
सुदुरपश्चिम अछाम ।
[७५]
१.
रोपौँ धान खेत है बारीमा
झुलाउँ धान सुन्दर टारीमा।
२.
मनको कुरा खेतमा रोपी धान है फलाऊँ
दही र चिउरा खाएर यो असार मनाऊँ।
✍️ निमा छिरिङ भाेटिया

[७६]
खेतका गह्रा-गह्रामा रोप्दै धान असारे गीत गाऔं
असार पन्ध्र धान दिवस भव्यताकासाथ मनाऔं ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[७७]
१.
कृषि प्रधान देशमा किसानहरुको मेला
धान दिवस मनाउन नेताहरुको भेला ।
२.
मानो खाई मुरी उब्जाउन गर्नै पर्छ सामना
राष्ट्रिय धान दिवसको सबैमा शुभकामना।
✍️ अम्बिका गिरी
विराटनगर
[७८]
१.
हलगोरु नारी त्यो गैरी खेतमा धान रोप्न जाने
असार पन्ध्र आलिको डिलमा दही चिउरा खाने ।
२.
धान रोप्ने खेताला गराको बिचमा बाउसे लाउने
रोपाहार र हली असारे भाकामा दोहोरी गाउने ।
✍️ चुडामणी देबकोटा
चनपा १३ काठमाडौँ
[७९]
१.
इन्द्र खुसी भएर वर्षाए हेर पानी
हर्षित बन्दैछन् गर्ने खेती र किसानी ।
२.
एका बिहानै हलो गोरु लिइ हातमा
धान रोप्न जाऊँ है साथीसङ्गी साथमा ।
✍️ रुना कर्माचार्य दाहाल
चितवन
[८०]
१.
बनाउला मिठो अचार आलस र गुन्द्रुक एक ठाउँ मिसाई ,
खाउँला अर्नी आलिमा बसी मेटाैँला थकाई केही छिन बिसाई ।
२.
हरियो बीउ हातमा लिएर दबदबे हिलोमा रोपौँला ,
मैजारो गर्दा बाउसे, हली, खेतारा मिलि हिलोले छेपौँला ।
✍️ भेष कुमारी लामिछाने
देवदह ०५ खैरेनी, रुपन्देही ।
[८१]
१.
हलाे,जुवा र काेदाली बाेकी माटाेमा गर्नुछ सामना
राष्ट्रिय धान दिवसकाे अवसरमा शुभकामना।
२.
असार पन्ध्र दही र चिउरा साउनमा खाने खिर
हर्षका साथ बिरुवा राेपाैँ हिलाेकाे नमानाैँ है पीर ।
✍️ काेपिला अधिकारी
[८२]
असार मासमा मानो है रोपौँ
बाँझा ति खेत लाै अब है खोपौँ।
✍️ सुमित्रा पोखरेल
काठमाडौँ
[८३]
१.
सिमसिमे पानी पर्छ यो असारको महिना,
रमाइलो हुँदै हुन्न झरीको मौसम बिना ।
२.
किसानमा हामी खेतीपाती गरेर जीवन काटौँला,
जति गर्नुपरे पनि दु:ख यहीँ देशमा नै आँटौँला ।
✍️ विक्रम तिरूवा सलिन
जुम्ला
[८४]
१.
असार पन्ध्र, धान दिवस, हामी नेपालीको,
मानो रोपेर, मुरी फलाऔँ, अन्न र बालीको।
२.
असार मास, सिम्सिमे पानी, परेको बेलामा,
व्यस्त छन् सबै, किसानहरू, रोपाइँ मेलामा ।
✍️ ज्ञानबहादुर क्षत्री
सन्धिखर्क-२, अर्घाखाँची
[८५]
१.
मानाे राेपी असारमा भित्र्याउने मङ्सिरमा मुरी
छुपुमा छुपु हिलाेमा धान राेप्दै नाच्छन् है माहुरी ।
२.
जब लाग्छ असार किसानी दाइले भिर्छन् हलाेसँगै मादल
असारे गीतमा राेप्दै धान खेतारीले भुल्छन् रे झरी बादल।
✍️ एस वि प्रगति
पाल्पा
[८६]
१.
असारे पन्ध्र आजको दिन हिलोमा रमाउ,
धानका बीउ छप्छपी रोप्न सबैले सघाउ ।
२.
सिम्सिमे पानी पातली नानी असार मासमा,
छरेर मुठी हुनेछ मुरी त्यो एक सासमा ।
✍️ ऋषिराम खनाल
मध्यबिन्दु – ६ नवलपुर ।
[८७]
१.
छुपु र छुप मिलेर रमाई राेपाैँला हिलाेमा,
गाेरुलाई बाँध फुर्कर जाला जुहा र किलाेमा।

नमानी लाज खेलाैन हिलाे बाहुसे र खेताला,
नसमाउ हात बेसरी अब हुदैन् ठिक चाला।
✍️ सावित्रा नेपाली सवु(पारिजात )
बागलुङ
[८८]
असार पन्ध्र खेत राेप्नु पर्छ, जुटाउ बाउसे राेपार ,
असारे भाका गाएर नाँच्ने,खाइ दही चिउरा अचार ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर
[८९]
१.
खेतमा जाेत्ने हलाे फाली काेदालीछन् खिन्न
मुलुक धान्ने खेती नै हाे सकेनाै नि चिन्न ।
२.
कृषि प्रधान मुलुक रे तिहुन आयात गर्छाै ,
नाटकसरी असार पन्ध्र जिउमा हिलाे छर्छाै ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा
[९०]
१.
असार महिना आयो नी साथी धान रोप्न जानुछ,
दोहोरी गीत गाउँदै हामी दही चिउरा खानुछ।
२.
छुपुमा छुपु धानैमा रोपे खेताला लाएर,
असारे गित घन्काउँछन् है बाउसे आएर।
✍️ कमला पाण्डे पराजुली
झापा
[९१]
चर्को घामले खोला सुकेर कति माछा मरे ,
अन्नबाली पनि डढ्यो किसान मारमा परे ।
✍️ बुद्धी प्रसाद सापकाेटा
गैँडाकोट ७, नवलपुर
[९२]
१.
आकाश धर्ती उज्यालो पार्ने सूर्य र चन्द्रमा ,
किसान मान्ने आधार हाम्रो असार पन्ध्रमा ।
२.
हिलाेमा खेल्ने किसान दाइ असारे गाउँदै ,
बिहान साँझ नभनीकन खेतमा धाउँदै ।
✍️ रामप्रसाद पुरी
बादेल, खाेटाङ ।
[९३]
१.
आएका थिए मन्त्री जी भन्ने कापीमा लेखायाै,
हिलोमा धान राेपियाे भन्दै भिडियो देखायाै ।
२.
किसानलाई दु:खकाे दिन अझैँ नि गएन,
बाटोले खायो खेतको कुलो राेपाइँ भएन ।
✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[९४]
१.
धान राेपाैँ खुसी भएर
अर्मपर्म गर्दै गएर ।
२.
असारको पन्ध्र दही चिउरा खाने
हिलाेमा रमाई राेपाइँ गर्न जाने ।
✍️ साधना पाैडेल
रगनी १, अाेखलढुंगा
[९५]
१.
देश नै भुल्थ्यो असारे खेतमा पर्व झैँ सकारी
वर्षभरि नै अघाउने गरि भरिन्थ्यो भकारी ।
२.
सरकार तिमी कस्का हौ आज व्यवस्था हाे कस्तो ?
नाटक तिम्रो धानको दिवस अति नै भाे सस्तो ।
✍️ सुन्दर सोभान
चितवन ।
[९६]
१.
खेतको मेलो असारको रोपाइँ मुरीलाई ताकेर
किसानको कर्म प्रकृतिको धर्म माघलाई साँचेर ।
२.
न छन् गोरु न रोपार, कसरी रोप्ने धान
किसानको दु:ख सुन्दिने को छ, जाने भो ज्यान ।
✍️ योगप्रसाद उपाध्यय चापागाईं
गोठाटार, काठमाडौँ
[९७]
१.
असारे महिना हिलाेमा खेली धान राेपाइँ गराैँला
मंसिर महिना धान काटी घरमा भकारी भराैँला।
२.
काेही खेत जाेत्ने काेही बीउ गाेड्ने,काेही खाजा बनाउला
सकेर राेपाइँ सबैको घरमा हरि हरि मनाउला।
✍️ भवानी पाेखरेल (बाबू विराज)
वाणगंगा १ चार नम्बर कपिलवस्तु
[९८]
१.
छोड्नैपर्छ परनिर्भरताको स्वाद चाख्न
हुन्न अब कृषि योग्य जमिन बाँझो राख्न।
२.
सुरक्षाको जिम्मा लेऊ,सबैमा खुसीयाली छाओस्
सरकार किसानको आँखा भिज्ने दिन नआओस् ।
✍️ विक्रम वली “नेपाली बाबु”
घोराही -११, दाङ
[९९]
१.
रमाइलो गरौँ हिलो र मैलो गीत पनि गाएर,
रोपौला धान जोतौला गोरु दही चिउरा खाएर।
२.
कृषिप्रधान भनि उन्नति छैन हाम्रो देशमा,
परिवर्तन छ हेर अझै कछुवाकै भेषमा ।
✍️ नबिन बिष्ट
नवदुर्गा ४ डडेल्धुरा
[१००]
१.
नेपाली धन धान्य हुनलाई जम्नु पर्छ राम्ररी असार
नेपालीको त विवाह नै हुँदैन न बनाइकन कसार ।
२.
दाजुभाइ दिदी बहिनी सबै मिलेर धान रोपी असार पन्ध्र मनाऊँ
जहाँ गए पनि दही चिउरा आलुको अचार बिर्सदैनौँ भन्ने जनाऊँ ।
✍️ पवन कुमार बुढाथेाकी
काठमाडौंँ
[१०१]
१.
टुक्रे खेतमा हलो जोती, हिलोमा धान रोपौँला
बनाएर कुलो लगाई पानी, आएर गोडौँला।
२.
असारको झरी मौसमले, धानको रोपाइँ राम्रो होस्
बर्खायाम मुसलधारे पानीले, दु:ख कष्ट बगाओस्।
✍️ कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[१०२]
१.
असार पन्ध्र दही र चिउरा खाएर रमाउँदै
बाउसे दाइले मिलाए गरा कोदाली समाउँदै।
२.
छुपु र छुपु त्यो गैरी खेत रोपार छ आलिमा
बिरही भाका टोलायो न्याउली रुखको डालिमा।
✍️ मन्दिरा सेढाई
मलेखु, धादिङ
[१०३]
१.
असारको पन्ध्र हजुर धान रोपेको छैन,
रोपाइँ गरी दही चिउरा खाने हो की हैन ?
२.
गमलामा धान रोप्ने याे कृषि प्रधान देश
प्रख्यात भो हेर विश्वभरि नेपाल विशेष ।
✍️ बिबस पारदर्शी
झापा

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया