एनआरएनए भर्जिनिया शाखाका लागि अध्यक्ष पदका उम्मेदवार बिशाल कार्कीद्वारा आफ्नो टोलीका उम्मेदवारहरुको घोषणा ,योजना र कार्यक्रम छिट्टै आउदै

इनेप्लिज २०८० असार १९ गते १२:४७ मा प्रकाशित

गैर आवासीय नेपाली संघ (एनआरएनए) भर्जिनिया शाखाका लागि अध्यक्ष पदका उम्मेदवार बिशाल कार्कीले आफ्नो टोलीका उम्मेदवारहरुको नामावली सहित घोषणा गरेका छन् ।

उनले सामाजिक संजाल अनुहार किताव (फेसबुक)मार्फत कार्यसमिति सदस्य सहित मनोनयन दर्ता गरेको जानकारी गराएका छन् । उनले गत जुलाई ३ का दिन उक्त घोषणा गर्दै अत्यन्तै उर्जाशील टिम(टोली)को नाम सहितको मनोनयन दर्ता गराएका छन ।

युवा पुस्ताको जोस, जाँगर र सिर्जनात्मक चेतका साथ सामुहिक सहभागितासहित संस्थाको नेतृत्वमा रहेर काम गर्ने उर्जाशील मन र उमेरसहित यस पटक भर्जिनिया च्याप्टर(शाखा)लाई दरिलो र उदाहरणीय बनाउने वाचाका गर्दै समुदायको सहयोगको अपेक्षा राखेको उनले सामाजिक संजालमा उल्लेख गरेका छन् ।

एनआरएनए एनसिसि भर्जिनिया शाखाको लागि २०२३-२०२५ को अध्यक्ष पदका प्रत्याशी कार्की समाजसेवीको साथै नेपाली समुदायलाई खुलेर सहयोग गर्दछन ।

नेपाली समुदायमा जनसम्पर्क राम्रो भएका कार्कीले समुदायको सुझाव र सहकार्यमा आधारित भएर चाँडै नै आफ्ना योजना तथा कार्यक्रमहरू लिएर आउने प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रतिक्रिया