भर्जिनिया स्यानटिलीको एउटै छिमेकमा दुई यौन दुर्व्यवहारका घटना घट्यो ,संदिग्धको व्यापक खोजी

इनेप्लिज २०८० असार २० गते २१:४६ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको स्यानटिली शहरमा दुई यौन दुर्व्यवहारका घटनाहरु घटे पछि प्रहरीहरुले संदिग्धको व्यापक खोजी गरि रहेको डब्लुटिओपीले जनाएको छ ।

प्रहरीका अनुसार एउटै छिमेकमा दुई यौन दुर्व्यवहारका घटनाहरू बीच सम्भावित सम्बन्धको अनुसन्धान गरिरहेको छ।

फेयरफ्याक्स काउन्टी प्रहरी विभागले सोमबार बिहान ११: ३० बजे करिब उत्तरपूर्वी स्थानको १४५०० घर समूह (ब्लक)मा एकजना महिला नजिक संदिग्ध पुगेको र संदिग्ध व्यक्तिले महिलाको निजी अङ्गमा जबरजस्ती छोएको बताए ।

नजिकैको छिमेकीको ढोका ढकढकाइरहेकी महिलाकी आमा आक्रमणकारीतिर दौडिइन्। प्रहरी अधिकारीहरू आउनुअघि नै उक्त व्यक्ति भागेको प्रहरीले जनाएको छ।

मंगलबार एक समाचार विज्ञप्तिमा प्रहरीले संदिग्ध व्यक्तिलाई करिव ४० बर्ष उमेर भएको ,कालो कपाल र अग्लो, मध्यम आकारको व्यक्तिको रूपमा वर्णन गरेको छ। घरको सुरक्षा अङ्कीयचित्रक (क्यामेरा)मा कैद गरिए अनुसार संदिग्धले खैरो लुगा, कालो टोपी र मुखावरण (सर्जिकल मास्क) लगाएर घटनास्थलबाट भागेको देखाइएको छ ।

जासूसहरूले गत मे १८ को घटनासँग सम्भावित सम्बन्ध (लिङ्क)हरू अनुसन्धान गरिरहेका छन । प्रहरीका अनुसार एक पुरुषले आइबेरिया सर्कल नामक स्थान बाट दुई घर समूह टाढा एक महिलाको घरमा प्रवेश गरे र उनलाई यौन दुर्व्यवहार गर्ने प्रयास गरेका थिए ।

प्रतिक्रिया