भर्जिनियाको मनाससमा गायक राम कृष्ण ढकाल सहित पासा ब्याण्ड तथा बेमेन्ट ब्याण्डको प्रस्तुति हुने भएको छ । आगामी शनिबार जुलाई ८ शनिबार का दिन वेनड्म गार्डेन मनाससमा सांगीतिक कार्यक्रम हुने भएको आयोजक मध्येकै एक आशिष संग्रौलाले ईनेप्लिजलाई बताए ।
नेपाली समर फेस्ट आउटडोर कार्यक्रम नामक कार्यकमको लागि केवल २० डलर मात्र राखिएको छ । राम कृष्ण ढकाल सहित पासा ब्याण्ड (संगीत मण्डली)तथा बेमेन्ट ब्याण्ड(संगीत मण्डली)को प्रत्यक्ष प्रस्तुति (लाइभ परफर्ममेन्स )हुनेछ ।
बिस्तृत जानकारी लिन आशिष संग्रौला ,आशिष भडेल तथा गणेश पाण्डेसंग सम्पर्क गर्न सकिने छ । साथै लुगाफाटा खरिद गर्न या खरिद गरि खानाको व्यवस्था समेत गरिएको छ ।
प्रतिक्रिया