अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स स्थित संचालनमा रहेको नवदुर्गा नेपालीस्कूलको बार्षिकोत्सवमा गायक रामकृष्ण ढकालको प्रस्तुति हुने भएको छ । बिधार्थीहरुको क्षमता प्रस्तुतिको साथै चर्चित गायक रामकृष्ण ढकालको बिशेष सांगीतिक कार्यक्रम हुने भएको आयोजकको तर्फबाट टीका मैनालीले ईनेप्लिजलाई बताए ।
कार्यक्रम आगामी आइतबार जुलाई ९ का दिन फेयरफ्याक्स स्थित लोटस टेम्पल (मन्दिर)मा हुनेछ । कार्यक्रम ४:३० देखि ७:३० बजे सम्म हुनेछ भने प्रतिव्यक्ति टिकट दर केवल २५ डलर मात्र राखिएको छ ।
बालबालिकालाई निशुल्क गरिएको छ भने बिस्तृत जानकारीको लागि मनोज खड्का,कल्याण कोइराला ,राजन घिमिरे तथा हरि पौडेललाई सम्पर्क गर्न सकिनेछ ।
प्रतिक्रिया