अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रस्टीको रिक्त कोषाध्यक्ष पदको निर्वाचन संस्थाको विधान (९.७ र ९.११) बमोजिम गराउन पत्रकार तथा अनेसास ट्रष्टी गुणराज लुइटेल प्रमुख निर्वाचन आयुक्तको संयोजनमा ट्रष्टीहरु डा. चुडामणि खनाल र हरिमाया अधिकारी निर्वाचन आयुक्त रहने गरि निर्वाचन समिति गठन गरिएको छ ।
अनेसास बोर्ड अफ ट्रस्टीका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै सम्पन्न बैठकमा सो निर्णय गरिएको बोर्ड अफ ट्रस्टीका महासचिव प्रकाश नेपालले जनाउनु भएको छ । बोर्ड अफ ट्रष्टीको निर्वाचनमा कोषाध्यक्षको पद रिक्त रहेको थियो ।
प्रतिक्रिया