भर्जिनिया माध्यमिक बिद्यालयका एक कर्मचारीलाई विद्यार्थीसँग वादविवाद र कुटपिट गरेको आरोप

इनेप्लिज २०८० असार २४ गते १२:४३ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीको एक माध्यमिक बिद्यालयका एक कर्मचारीलाई विद्यार्थीसँग वादविवाद र बिद्यार्थीलाई कुटपिट गरेको आरोप प्रहरीले लगाएको छ ।

फेयरफ्याक्स काउन्टी, भर्जिनिया, प्रहरीले ५८ वर्षीय विद्यालय प्रणाली कर्मचारीलाई कथित रूपमा माध्यमिक विद्यालयका विद्यार्थीलाई कुटेको आरोप लगाएको छ।

भर्जिनिया लोर्टनका मोहम्मद आबिदलाई विद्यालय वर्ष समाप्त हुनु केही दिन अघि वाल्ट ह्विटम्यान माध्यमिक विद्यालयका विद्यार्थीलाई आक्रमण गरेपछि दुर्व्यबहार दुर्व्यहारको आरोप लगाइएको छ ।

काउन्टी प्रहरीका अनुसार एक अज्ञात विद्यार्थीले शिक्षकको कम्प्युटर (सुसाङ्ख्य यन्त्र )बन्द गर्नु अघि माध्यमिक विद्यालयका शिक्षा सहायक र एफसिपिएस कर्मचारी आबिदसँग झगडा गर्न थालेका थिए ।

शिक्षक उक्त बिधार्थीको आमने सामने भए आफ्नो चश्मा फ्याँकेको काउन्टी प्रहरीले बताए । अबिदले बिद्यार्थीको चिउडोमा हिर्काए र बिधार्थीले पनि अबिदको अनुहारमा एक झापड हानेका थिए । अर्का निर्देशन सहायकले घटना सुरु भएपछि आबिद र विद्यार्थीलाई अलग गरेका थिए ।

बिद्यालय प्रशासकहरूले जुन ९ मा घटेको उक्त घटनाको जानकारी प्रहरीलाई गरेका थिए ।

प्रतिक्रिया