२१० औं भानु जयन्ती भव्य रूपमा मनाइदै 

इनेप्लिज २०८० असार २५ गते ११:२८ मा प्रकाशित

त्रिवेणी साहित्य मञ्च हेरिस्वर्गको आयोजनामा २१० औं भानु जयन्ती विविध कार्यक्रमका साथ मनाउने तयारी भइ रहेकोे छ । आगामी जुलाई १६ तारिक बृहत कवितासंग्रहका साथमा बोधराज ढुङ्गेलद्वारा लिखित कवि डिल्लीराम आचार्य शर्माको जिबनी, ब्याक्तित्व सम्बन्धि विश्लेषणात्मक कृतिको लोकार्पण हुने निश्चित भएको छ । बृहत कवितासंग्रहमा १४१ कविका ३-३ वटा कविता समावेश गरिएको छ । यस कृतिलाई मातृभाषा संरक्षण समूहले प्रकाशन गरेको हो।


कार्यक्रम रचना वाचन , नृत्य , कला संस्कृति र आदिकवि भानुभक्त विशेष रहनेछ ।

त्रिवेणी साहित्य मञ्च सम्पुर्ण साहित्यनुरागि मनहरुलाई हार्दिक आमन्त्रण गर्छ ।

कार्यक्रम स्थल:5650 Lancaster St, Harrisburg, PA 17111
समय: ११:०० बजि देखे
मिति : जुलाई १६ आइतबार

प्रतिक्रिया