तामाङ्ग समाज ग्रेटर वाशिंगटनद्वारा धर्म चक्र परिवर्तनका दिन भगवान बुद्धले दिनु भएको ४ आर्य सत्य बारेमा प्रवचन गर्ने

इनेप्लिज २०८० असार २६ गते २२:२८ मा प्रकाशित

तामाङ्ग समाज ग्रेटर वाशिंगटनले धर्म चक्र परिवर्तनका दिन भगवान बुद्धले दिनु भएको ४ आर्य सत्य बारेमा प्रवचनको साथै मेडिसिन बुद्ध अभिषेक रिम्पुचेद्वारा प्रदान गरिने भएको छ ।

आयोजकले यस क्षेत्रमा बसोबास गर्ने सबैलाई उपस्थितिको लागी अनुरोध गरेको छ । कार्यक्रम आगामी जुलाई २२ शनिबारका दिन हुनेछ भने कार्यक्रम १ बजे देखि साँझ ५:३० बजे सम्म चल्ने जनाईएको छ ।

कार्यक्रम भर्जिनियाको फेयरफ्याक्स स्थित ड्रीकुङ्ग धर्म सूर्य बुद्ध मन्दिरमा हुनेछ । कार्यक्रमको बिस्तृत जानकारी यसै ब्यानर (ध्वजा )मा दिइएको छ ।

कार्यक्रमको लागि बिस्तृत बुझ्न अध्यक्ष दावा तामाङ्ग (240 401 4226 )तथा महासचिव रोजी घिसिङ्ग (240 246 4163 )संग सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया