मेरिल्याण्डमा “असाधारण दुर्लभ” डायनासोर जीवावशेष फेला 

इनेप्लिज २०८० असार २८ गते १८:३५ मा प्रकाशित

मेरिल्याण्डको डायनासोर पार्क( उधान)मा जीवावशेषविद र स्वयंसेवकहरूले दुर्लभ डायनासोर जीवावशेष फेला पारेको बताएका छन ।

 पूर्वी उत्तर अमेरिकाको सबैभन्दा ठूलो थेरोपोड नामक जातको जीवावशेष भएको अधिकारीहरुले यस हप्ता घोषणा गरेका छन ।

यो मेरिल्याण्डमा १८८७  पछि भेटिएको पहिलो हड्डीको ओछ्यान नामाकरण दिदै प्रिन्स जर्जको काउन्टी उधान तथा मनोरन्जन बिभागले एक समाचार विज्ञप्तिमा जनाएको छ।

एक वा धेरै प्रजातिका हड्डीहरू एउटै भूगर्भ तहमा केन्द्रित भएको पाइएमा  “बोन बेड” भन्ने शब्द प्रयोग गरिने बिभागले बताएको छ ।

३ फिट लामो पिंडुलाको हड्डीलाई थेरोपोडको रूपमा वर्गीकृत गरिएको छ ।

१४५ मिलियन देखि १०० मिलियन वर्ष पहिलेको भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया