भर्जिनियामा जुलाई २३ आईतबार हुन गईरहेको गुरुङ समाजको बनभोजमा  सबै नेपालीलाई आमन्त्रण 

इनेप्लिज २०८० साउन ३ गते १०:५१ मा प्रकाशित

ईनेप्लीज
१९ जुलाई २०२३
वाशिंगटन डिसी

अमेरिकाको राजधानी वाशिंगटन डिसी क्षेत्रका गुरुङ समुदायको बनभोजमा गुरुङ बाहेक सम्पूर्ण नेपालीहरुलाई पनि आमन्त्रण गरिएको छ।
यही जुलाई २३ तारिख आईतबार हुन गईरहेको गुरुङ समाजको बनभोजमा गुरुङ बाहेकका सम्पूर्ण नेपाली दाजुभाई , दिदी बहिनीहरुलाई
हार्दिक निमन्त्रणा छ – आयोजक संस्था ” तमु धीं भर्जिनिया ” का अध्यक्ष नन्द कुमार गुरुङले ईनेप्लीज मार्फत सबैलाई निम्तो गरे ।

जुलाई २३ तारिख आउने आईतबारको दिन हुन गईरहेको बनभोज कार्यक्रममा बिबिध नेपाली स्वादिष्ट परिकारहरु: चिकन करी , मटन करी , चिकन बारबिक्यू ,बँदेलको मासु , विभिन्न किसिमका तरकारीका खानाहरु ( भेजिटेबल खाना ) , नान रोटी , चिउरा भूजा , खर्बुजा , पोलेको मकै , पेय पदार्थ सबै किसिमका स्वादिस्ट खानाहरु नि: शुल्क हुनेछ । सबैलाई कुनै प्रवेश शुल्क लाग्ने छैन , जो सुकै आएर पेट भरी जति खाए पनि नि: शुल्क हो – अध्यक्ष नन्द गुरुङले भने ।

गुरुङ बनभोजको आकर्षण गाउँ घरको ठेलो हुनेछ। फलामको छेलो होईन , गाउँ घरमा परम्परागत रुपमा खेलिने :- गिर गिर दगुर्दै ढुंगाको ठेलो फाल्ने खेलको प्रतियोगिता नै हुनेछ। विशेषगरी सानैमा अमेरिका ल्याईएका र अमेरिकामै जन्मी हुर्केका नेपाली बालबालिकाहरुलाई आफ्नो पुर्खाले कस्तो खेल ? खेल्दा रहेछन् ? सो थाहा दिनको लागी पनी नेपालको गाउँ घरकै जस्तै गिर गिर दगुर्दै ढुंगाको ठेलो फाल्ने ” ठेलो प्रतियोगिता ” प्रमुख आकर्षण हुनेछ – अध्यक्ष नन्द गुरुंड भन्छन्। साथै, स-साना नानीबाबुहरुका लागि मेच घुमाई ( म्युजिकल चेयर ), गोलाप्रथा (य्राफल) र अन्य विविध मनोरन्जनात्मक नाचगान, गीत र साहित्यिक कार्यक्रम पनि गरिने छ ।

“हाम्रो पैतृक सम्पति,हाम्रो भाषा र संस्कृति” भन्ने तमु धीं भर्जिनियाको मूल मन्त्रका साथ तमु धीं भर्जिनियाले विभिन्न समयमा रचनात्मक कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ। अमेरिकाको राजधानी क्षेत्र / भर्जिनियाको शसक्त र सकृय संस्था हो ” तमु धीं भर्जिनिया ” .

सबैलाई आमन्त्रण गरिएको गुरुङ समाजको बनभोज हुने स्थान,समय र मिति यसप्रकार रहेको छ :

मितिः जुलाई २३, २०२३ आईतबार
समयः बिहान ११ बजे देखि शुरु
ठेगाना : 1400 Lake Fairfax Drive, Reston VA 20190 ( सबैभन्दा अन्तिमको सेल्टर) / पार्किङ्ग फालाफाल छ ।

सम्पर्कको लागी :
नन्द कुमार गुरुङ (अध्यक्ष) फोन नम्बर – (571) 524-2345
तिलक गुरुङ (उपाध्यक्ष) फोन नम्बर – (571) 501-5198
थमन गुरुङ (सचिव) फोन नम्बर – (703) 623-2141

प्रतिक्रिया