बहु प्रतिभासालि ब्याक्तित्वका धनि बिकास घले गुरुङलाई अमेरिकामा सम्मान

इनेप्लिज २०८० साउन १२ गते १०:५० मा प्रकाशित

गत बिहिबार बहु प्रतिभासालि ब्याक्तित्वका धनि बिकास घले गुरुङलाई बाल्टिमोर, अमेरिकामा एक कार्यक्रम बिच बाल्टिमोर सरकारले तेक्वान्डो मार्फत निरन्तर समाजमा योगदान पुर्याय बापत सम्मान गरेको छ। घले गुरुङ ओल्ड तेक्न्डोका पाचौ डान, सर्टिफाईड मास्टर, सर्टिफाईड परिक्षा नियन्त्रक, राष्ट्रिय रेफ्रि, अन्तराष्ट्रिय खेलाडि – मेडलिष्ट तथा नेपाल प्रहरिका पुर्व हान्मादाङ प्रशिक्षक समेत हुन् ।

खेलकुदका साथ-साथ बिकास घले गुरूङ नेपाली कलाको जगतमा चर्चि र शिक्षीत नृत्य निर्दैशकको रुपमा गनिन्छन । ऊनले भारतबाट सास्त्रिय नृत्यमा संगीतप्रभाकर गरेका छन भने त्रि.वि बाट थिएटर तथा पर्फमेन्स आर्टमा स्नाकोत्तर गर्ने प्रयस समेत गरेका थिए तर परिक्षा नियन्त्रण कार्यालयले बिभिध कारण देखऊदै ऊनलाई प्रश्न पत्र ऊपलब्ध गराऊन सकेन । यधपि नृत्य सङगौ चलचित्र निर्देशन, सम्पादन, एनिमेशन समेत सिकेका घले गुरुङ चलित्र कथा-पटकथा, गित लेखनमा समेत दखल राख्दै दर्जनौ म्युजिक भिडियो (हितको दौतरि, डिस्कोमा तिज, वारे वा, कर्लि कर्लि) बृत चित्र (पानि फोटो, मास कोरियो ग्रफि, द गोर्खा ) र केहि चलचित्र (फिच्यो, नुमा, नो स्मोकिङ, बजार) हरुमा लेखन,निर्देशन,सम्पादन लगायतका कुरामा भुमिका निभाईसकेका छन जसमार्फत ऊनले बिभिन्न राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड र सम्मान (जज्बा अवर्ड, क्यापिटल अवार्ड, नाट्यश्वरि अवार्ड) पाईसकेका छन् ।

हाल अमेरिकाको ह्यारिषबर्ग,पिए सहरमा सपरिवारका साथ बस्दै आईरहनुभएका बिकास घले गुरुङ अमेरिका पुगिसकेपछी आफ्नै पेशालाई निरन्तरता दिने थोरै मध्यमा पर्नु हुन्छ । त्यहाँपनि खेलकुद र गित संगीत सङग सङगै “अन्तराष्ट्रिय नेपाली कलाकार समाज अमेरीका, पिए” (ईनास, युएसए,पिए) को संस्थापक अध्यक्ष र युनाईटेड गुरुङ सोसाईटि अफ अमेरिका (युजिएसए) को कार्यक्रम निर्देशक भई समाज सेवामा निरन्तर छन ।


बिकास घले सङगै मास्टर कृष्ण खड्का र माष्टर संजिव नेपाली लाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया