सामुदायिक_गतिविधि : बिद्यार्थी तथा अभिभावकहरुका लागि महत्त्वपूर्ण सूचना !

इनेप्लिज २०८० साउन १९ गते ०:५५ मा प्रकाशित

यही आउँदो अगस्ट 13 तारिख आइतबार दिनको 11:00 AM बजे देखि 1:00 PM सम्म बाल्टिमोर मेरिल्याण्डमा अवस्थित हिन्दू बुद्ध मन्दिरको प्रांगणमा नेपाली अमेरिकन कल्चरल सेन्टर अफ बाल्टिमोर, NACC ले लायन्स क्लब अफ बाल्टिमोर नेपालीसँगको सहकार्यमा र नाम्लो इभेन्ट्सको सहयोगमा “Graduate Recognition & Appreciation Ceremony – 2023” विशेष कार्यक्रम हुन लागेको जानकारी गराउँदछौं ।

उक्त कार्यक्रममा गतबर्ष 2022 मा अमेरिकाको मेरिल्याण्ड राज्यका बिभिन्न हाईस्कुल, कलेज र बिश्वबिधालयहरुमा अध्ययन गरि सफलताका साथ High School, Associate, Graduate, Masters, वा PHD सम्मको अध्ययन पूरा गरि दिक्षित हुनुभएका नेपालीमूलका बिद्यार्थीहरु र तीनका अभिभावकहरुलाई प्रसंशा-पत्र सहित विशेष सामुदायिक सम्मान गरिने हुँदा उक्त कार्यक्रममा सहभागी हुन मेरिल्याण्ड र यस वरपर रहनुहुने सम्पुर्ण नेपाली परिवारजनहरुलाई हार्दिक आह्वान गर्दै सहभागिताको लागि यहि अगष्ट ५ तारिख भित्र तल दिईएको गुगल फर्म भरेर आयोजकहरुलाई पठाउनहुन समेत हार्दिक अनुरोध गर्दछौं।

Please Fill up this form ⬇️
https://docs.google.com/forms/d/e/1FAIpQLScfFtHWTo-vwb_3Gkcm3RdA1yRNg7PFhkwTJPULEoT7AkwpHw/viewform

(कार्यक्रममा बिद्यार्थी भाइबहिनीहरुका आकर्षक प्रस्तुतिहरु पनि रहनेछ भने उपस्थित सबैका लागि चिया नास्ताको समेत बन्दोबस्त गरिनेछ।)

थप जानकारी र सहयोगका लागि नजिकको स्वयंसेवकहरुलाई सम्पर्क गर्न हुन अनुरोध गर्दछौं।

आयोजक :
Hindu Buddha Mandir – Nepali American Cultural Center of Baltimore family, Lions Club of Baltimore Nepalese family, NAMLO family.

source: Hindu Buddha Mandir

प्रतिक्रिया