नेपाली कांग्रेसका उपसभापति तथा नेपाल सरकारका कानुन ,न्याय तथा संसदीय व्यवस्था मन्त्रि धनराज गुरुङसंग भर्जिनियामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली जन सम्पर्क समिति अमेरिकाको भर्जिनिया च्याप्टरका कार्यवाहक अध्यक्ष याम कु सिटौलाको सभापतित्व तथा माननीय मन्त्रि गुरुङ्ग्को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम यस क्षेत्रका नेपालीहरु ,बौद्धिक व्यक्तित्वहरु ,पेशाकर्मी ,राजनैतिक व्यक्तित्वहरु र बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि माननीय मन्त्रि गुरुङले आफ्नो विचार प्रष्ट र चित्त बुझ्दो रुपमा सभामा राख्दै यदि भ्रष्टचार र बेथितिलाई अन्त्य हर्न सकिएन र सोही बमोजिमको कानुन बन्न सकेन भने देशले बिकाश सुसाशनको गति लिन सक्दैन र यसको लागि आफूले आफ्नो कुर्शी नै दाउमा राखेर अडानका साथ काम गर्ने कुरा गर्नु भयो ।
आर्थिक ,सामाजिक ,सांस्कृतिक अधिकार सहितको गैर आवासीय नागरिकता लिनको लिनको लागि प्रक्रियागत सरलता गरिने तर आफ्नो देशसंग जोडिएको नागरिकता लिन आफ्नै जन्म भूमिमा गएर लिन आम गैर आवासीय नेपालीहरुलाई उचित हुने सल्लाह पनि दिनु भएको थियो ।
२१ औ शताब्दीको बिकाशमा मोडेल अब समयानुकुल हुनु पर्ने ,बिज्ञान र प्रविधि मैत्री हुनु पर्ने ,रुद्राक्ष ,गाँजा यार्सा गुम्बा जस्ता महत्वपूर्ण कृषिजन्य वस्तुहरु निर्यातमा ध्यान दिनु पर्ने र सगरमाथाको फेदी सम्म रेल यातायात लगायत पर्यटकीय यातायातलाई व्यवस्थित र सुबिधा सम्पन्न पर्न सके करौडौ पर्यटकहरु भित्र्याएमा देश बिकाशमा ५ बर्ष मै काया पलट गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मदन अमात्य ,प्रकाश पौडेल ,साहित्यकार कृष्ण धरावासी,नेपाली जन सम्पर्क समितिका उप सभापति केशव बराल लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम संचालन डा देशराज संयोगले संचालन गर्नु भएको थियो भने नेपाली कांग्रेसका संस्थापक मध्ये कै एक सूर्य प्रसाद उपाध्यायको ३९ औ स्मृति दिवसलाई पनि जोडेर वहा प्रति १ मिनेट मौन धारण गरिएको थियो ।
त्यहाँ उपस्थित भएका थुप्रै जनाले जिज्ञाशा राख्नु भएको थियो भने स्वागत मन्तब्य अर्जुन सिग्देलले राख्नु भएको थियो ।
प्रतिक्रिया