अमेरिकाको भर्जिनिया राज्यमा सन् २०२२ मा दर्ता भएको नोभा रोयल्स एफसी (लात्ते भकुण्डो टोली)ले १० किमी तथा ५ किमीको दौडको साथै हिडाई कार्यक्रमको आयोजना गर्ने भएको छ ।
भर्खर स्थापित भएको टोलीमा सानै उमेरमा अमेरिका आएका र यही जन्मिएका युवा र प्रतिभाशाली खेलाडीहरु रहेका छन् ।
उनीहरुले अमेरिकाको ओहायो राज्यमा आयोजना भएको प्रतियोगितामा सहभागिता जनाई सकेका छन् भने आगामी दिनमा अन्य राज्यमा खेल खेल्ने समेत भएका छन ।
आधिकारिक रुपमा अमेरिकी सरकारमा गत बर्ष ५०१ (सि) ३ दर्जा पाएको नोभा रोयल्स सकर क्लब( लात्ते भकुण्डो टोली )ले भर्जिनियाको हे मार्केट शहरमा बनभोजको आयोजना गरेको छ ।
बनभोजमा खेलाडीहरु ,अभिभावक ,आमन्त्रित अतिथि लगायत समुदायको उपस्थितिमा गत अगस्त ५ मा आयोजना भएको आन्तरिक प्रतियोगितामा बिजेता तथा उप बिजेता टोलीलाई प्रमाण पत्रहरु समेत प्रोत्साहन स्वरूप प्रदान गरिएको थियो ।
प्रमाण पत्र वितरण नेपाली दुतावासका उप नियोग प्रमुख कुमार खरेलले गरेका थिए । गत बर्ष सहयोग गर्ने दाताहरुलाई समेत प्रमाण पत्र वितरण गरिएको थियो । उप नियोग प्रमुख खरेलले सानो मन्तब्य राखेका थिए ।
उक्त नोभा रोयल्स एफसी टोलीमा खरेलका छोरा सहित खेलाडी रहेका छ भने भने भर्जिनियाकै सामाजिक अभियन्ता सुरेश अधिकारिको सुपुत्र पनि राम्रो खेलाडी रहेकोले उत्कृष्ट खेलाडीको रुपमा पुरस्कार पाएका छन् ।
बनभोजमा फलाहार,सेकुवा,मासुका परिकार,मकै पोलेको,अचार आदी इत्यादी समुदायले आफै घर-घरमा बनाई ल्याएका थिए । साथै रमाइला खेलहरु पनि गराईनुको साथै सांगीतिक कार्यक्रम पनि गरिएको थियो ।
नोभा रोयल्स एफसीले युवाहरु रहेको सकर टिम (लात्ते भकुण्डो टोली)लाई सक्रिय र सक्षम बनाउदै र कालान्तरमा समेत सशक्त टोली निर्माण गर्दै अमेरिकामा आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउने उद्धेश्य सहित आगामी अक्टोबर २१ मा वर्क लेक पार्क ,फेयरफ्याक्समा १० किमीको दौडको आयोजना गरिने भएको छ ।
नोभा रोयल्स एफसीको सहयोगार्थ १० किमीको दौड कार्यक्रम मार्फत आर्थिक संकलन गर्ने र संकलन भएको केही अंश हेल्पिङ्ग चिल्ड्रेन वर्ल्डवाइड ,हिमालयन फ्री क्लिनिक तथा युपीएबिलिटीलाई समेत सहयोग गरिने भएको छ ।
आज सम्पन्न वनभोजमा भर्जिनियाका घर खरिद तथा बिक्री अभिकर्ता आशिष संग्रौला ,सामाजिक अभियन्ता सुरेश अधिकारी ,खेलाडी ,सहयोगी लगायतले नोभा रोयल्स एफसीको बारेमा बोलेका थिए ।
उक्त बनभोज कार्यक्रममा भारतीय मूलका भर्जिनिया एल्डीका पवन शर्माले ३ बर्ष सम्मका लागि ३ हजार डलर सहयोग गर्ने घोषणा गरेका थिए भने मेरिल्याण्डका श्याम कातिलाले ५०० डलर दिने घोषणा गरेका थिए ।
बनभोज कार्यक्रमको आयोजना अम्बिका प्रसाद सापकोटा लगायतको पहलमा भएको थियो भने कार्यक्रम उनले संचालन गरेका थिए । आगामी अक्टोबर २१ मा हुने दौड कार्यक्रममा सबै नेपाली समुदायलाई सहभागिता हुन् आग्रह गर्दै प्रायोजन गर्न समेत आह्वान गरिएको छ ।
प्रतिक्रिया