अमेरिकाको भर्जिनिया राज्यको नेपालीहरुको बाक्लो वस्ति भएको शहर मनाससमा साहुले तीज मेलाको लागि पसल खोल्नु अगाडी नै ग्राहकको घुइचो लागेको थियो । बिहान ११ बजे देखि खोल्ने भनिएको उक्त मेलामा १ घण्टा अगाडिनै ग्राहक आई ठेलम ठेल गर्दै घुईचोमा सबेरै आ-आफ्ना सारी (फरिया)र महिलाहरुका बिभिन्न प्रकारका वस्त्रहरु खरिद गरेका थिए ।
श्रावण महिनामा व्रत बस्ने नेपाली महिलाहरुको महान चाड तीजलाई लक्षित गर्दै सस्तो दरमा बेच्न राखिएका सारी(फरिया) ,कुर्ता सुरुवाल,चोलो ,लेहंगा लगायत तीजको लागि चुरा ,छड्के तिलहरी ,पोते तथा विभिन्न गर गहना जस्ता बिक्रीमा राखिएका सामाग्रीहरु निकै बिक्रि भएका छन् ।
महिलाले मात्र नभई पुरुषहरुले पनि सस्तो दरमा खरिद गर्न पाएकोले दुवै हातमा कम्तिमा १०-१५ वटा सारी र अन्य वस्त्र खरिद गरेका थिए । त्यसै गरि महिलाहरुले पनि टन्न कम्तिमा पनि एक झोलामा ५-७ वटा न्युनतम खरिद गरेका थिए । बेच्न राखिएको सारीमा पसलका संचालकद्वय दम्पति गोपाल चौधरी तथा लीजा प्रधान चौधरीले ईनेप्लिजलाई ५ डलर,७ डलर ,१० डलर ,१५ डलर ,२० डलरका सारीहरु देखाएका थिए । बिहानीपख दुवै जनालाई भ्याई नभ्याईको अवस्था भएको थियो ।
साथै नेपाली समुदायको लागि सबै भन्दा सस्तो मुल्यमा खरिद गर्न सकुन भन्ने हेतुले बिक्रीमा राखिएको सौन्दर्यविद लिजा प्रधान चौधरीले ईनेप्लिजलाई बताइन । उनले करिव १२ बजेको समयमा सबै नेपाली समुदायलाई आउन आग्रह गरेकी थिइन् ।
उनको आफ्नै प्रसाधनालय(ब्युटी पार्लर)मा बेच बिखन गर्न राखिएकोले धेरै खरिदकर्ताहरु त्यहाँ पुग्दा कोठा साघुरो भएको जस्तो देखिन्थ्यो । बिहान २-३ घण्टा झन्डै खुट्टा नटेक्ने ठाउँ नै नहोला जस्तो अवस्था भएता पनि संचालक चौधरीले राम्रो व्यवस्थापन गरेका थिए । तथापी भिडको कारण ग्राहकहरु पनि फर्कनु परेको थियो ।
यो मेलाको आयोजना लिजा व्यूटी तथा फेसन हवले आयोजना गरेको हो । अगस्त ६ आइतबारका दिनका बिक्री समय बिहान ११ बजे देखि साझ ७ बजे सम्म भनेता पनि ८ बजे सम्म पनि खरिदकर्ताहरु आई रहेको र थकित भएर बन्द गर्नु परेको लिजाले ईनेप्लिजलाई बताइन ।
सोचेका भन्दा अत्यधिक बिक्रि भएको र आगामी दिनमा पनि यसरी नै नेपाली समुदायलाई सेवा गर्ने उनले भनिन ।
प्रतिक्रिया