अमेरिका भ्रमणमा अस्वस्थ भएकी अप्सरा आचार्यको उपचारका लागि गोफण्डमीमा खाता सञ्चालन

Enepalese Published on: October 6, 2023


अमेरिकाको भ्रमणमा आएकी अप्सरा आचार्य भट्टराई गम्भीर रुपमा अस्वस्थ भएपछि उपचारका लागि गोफण्डमीमा खाता खोलिएको छ ।

आफ्नी छोरीको विवाहको लागि यसैवर्षको सेप्टेम्वर २२ मा अमेरिका आइपुगेकी अप्सरालाई मृगौलामा संक्रमण भएको छ र हाल उनलाई हप्तामा तीनपटक डायलसिस गर्नुपर्छ ।

नातेदार प्रगति पौडेलले गोफण्ड खाता सुरु गर्दै अप्सरा मृगौला रोगको स्टेज फाइभवाट गुज्रिरहेको जानकारी दिएकी छिन् । सुरुमा थिन वेसमेन्ट मेम्वरेन्स डिजिजवाट संक्रमित अप्सरालाई क्रमश क्रोनिक किड्नी डिजिज (सीकेडी) भएको थियो ।

हाल उनको उपचारका लागि गोफण्डमी मार्फत २५ हजार डलर उठाउने लक्ष्य राखेकोमा ९ हजार डलर उठिसकेको छ र थप १६ हजार डलर सहयोगको अपेक्षा गरिएको छ ।

मृगौला रोगको स्टेज पांच पुगिसकेको हुनाले यसको वास्तविक उपचार मृगौला प्रत्यारोपण मात्रै भएकोले परिवारले हाललाई केही उपचार गरेर नेपाल लैजाने र मृगौला प्रत्यारोपण गर्ने तयारी गरेको छ ।

अहिले अमेरिकामा एक पटक डायलसिस गर्दा ५ सय डलर देखि १५ सय डलर सम्म खर्च हुने र हप्तामा तीनपटक गर्नुपर्ने गोफण्डमीमा उल्लेख गरिएको छ । गोफण्डमी मार्फत उठेको रकमवाट अमेरिकामा उपचार गरिने, नेपाल फिर्ता पठाउने र मृगौला प्रत्यारोपण गर्ने उदेश्य राखिएको छ ।

सहयोगका लागि यो लिंकमा क्लिक गर्नुहोला ।

https://gofund.me/7a7b8ba3