लन्डन – बेलायतको इन्ग्लेंड एथलेटिक्समा दर्ता भएको क्लब नेपाल रन यूकेले आइतवार नर्थला पार्कमा “नर्थल्ट १० के” इभेन्ट आयोजना गर्यो। कार्यक्रममा अंतरास्ट्रिय रूपमा ख्याति प्राप्त धाविका मीरा राई बिशेष अथितिको रूपमा रहेकी थिईन ।
नर्थल्ट १० के रनको प्रमुख प्रायोजक “एस्टार फ़ाइनान्सियल सोलुसन” रहेको थियो। कार्यक्रमका सह प्रायोजकहरुमा मेकवर्थ एकाउण्टिंग, ट्राभल कन्सोल , रियल ड्रीम एजुकेसन कन्सल्टेन्सी, एइएसएन रिक्रूटमेंट, किरांत राई यायोख़्खा , एसएनपी प्लस एकाउण्टिंग , आईएमई लण्डन, धरान समाज लगायत रहेका थिए ।
“रिमेम्बरेन्स डे” को अवसर पारेर आयोजना गरिएको १० किलोमिटर दौड कार्यक्रममा ३२० जना सहभागीहरुले भाग लिएका थिए ।
समुदायमा स्वास्थ्य चेतना फैलाउन आयोजना गरिएको उक्त कार्यक्रम मार्फत मीरा राई इनिसीएटीभको सहयोगार्थ च्यारिटी फन्ड रेज पनि गरिएको थियो । कार्यक्रममा सहभागीहरुलाई टिसर्ट, मेडल र प्रथम, द्वीतिय र तृतीयलाइ पुरस्कार पनि प्रदान गरिएको थियो ।
नेपालीहरुद्वारा आयोजना गरिएको यो विशेष कार्यक्रम मार्फत नेपाली समुदाय, गोर्खा समुदायको सकारात्मक गतिविधि र नेपाल प्रबर्धनमा पनि सहयोग पुगेको नेपाल रनका संयोजक पाण्डव महतोले जनाए । उनले सहयोगी सबैलाई धन्यवाद व्यक्त गरे। कार्यक्रममा सेतो पुतली अभियानका कलाकार मिलन राई , एभरेस्ट म्याराथनका संस्थापक बिक्रम पाण्डे लगायतका अथितिहरु पनि सहभागी थिए।
कार्यक्रमको संयोजन सन्तोष राइले गरेका थिए भने स्वयं सेवक हरुको संयोजन रबिन्द्र अधिकारीले गरेका थिए। सबै प्रायोजक हरुलाई धन्यवाद व्यक्त गर्दै क्लबको आगामी बर्ष कमिकमजोरी सुल्झाउदै अघि बढ्ने विचार व्यक्त गरे।
नर्थल्ट १० केमा इलियास अहमद ले ३२ मिनेट १५ सेकेन्डमा पुरा गरेर प्रथम भएभने महिला तर्फ निकोला पेन्टी अल्विराजले ४४ मिनेट ४२ सेकेन्डमा पुरा गरेर प्रथम स्थान हासिल गरिन।
त्यस्तै पुरुष तर्फ दितिय र तृतीय सिमोन सहले ३४.१७ मिनेट र जोनाथ होराले ३४.५८ मा समापन गरेका थिए ।
महिला तर्फ द्वितीय तृतीयमा मान्दा गुरुङले ४४.४२मा र क्लार मोरिसले ४६.३१ मा समापन गरेका थिए ।
६० बर्ष बढी उमेर समुह सुपर भेट्रान पुरुषमा स्टेफान प्लामर ३९.४० र लोराइन लेकेंबीले ६०.५८ मिनेट मा समापन गरेको जानकारी सचिव जगन कार्कीले दिए ।
४० देखि ६० बर्ष उमेर समूहमा सिमोन ओसेया ३४.१७ मिनेट र सलिना राज भण्डारीले ३४.१७ मिनेटमा समापन गरेर प्रथम स्थान हासिल गरेका थिए।
नेपाल रन क्लबका तर्फबाट पुरुषमा प्रकाश गुरुङले ३५.१९ मिनेटमा प्रथम स्थान गरे भने महिला तर्फ तेज माया सिग्देललले ४७.२५ मिनेटमा समापन गरेर प्रथम स्थान हासिल गरेका थिए भने नेपाल रनको उत्कृस्ट दौड सुधारको पुरस्कार अमृत श्रेष्ठले प्राप्त गरेका थिए।
प्रतिक्रिया