अमेरिकाको फेयरफ्याक्स, भर्जिनीयामा अवस्थित नवदुर्गा नेपाली विद्यालयले दशै, तिहार, छठ लगायतका चाडपर्वको शुभकामना कार्यक्रम नोभेम्बर ५ तारिकको दिन भव्यरुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा १५० संख्याको हाराहारीमा विद्यालय परिवारका साथै आसपासका समुदायको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रमको विशेष आकर्षणकोरुपमा सेलरोटी, फूल र दीयो बालेर देउसीभैलो, खानपान, चियापान र विद्यार्थीहरुको क्षमता प्रस्तूती समेत गरिएको थियो ।
कार्यक्रममा विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरु प्रिशा भण्डारी, सुविज्ञ उपाध्याय, सहर्षा पाण्डे, आर्सीया शर्मा, इभाश्री खड्का, एम्मा श्रेष्ठ, अयाना प्रधान, अभिन नेउपाने, आहना नेउपाने, रोहित घिमिरे, किञ्जल शर्मा, समिप सुबेदी लगायतले नृत्य, गीत, बाद्यवादन, चित्रकला, बागचाल खेल लगायतका मनोरञ्जक प्रस्तूती गरेका थिए । उक्त कार्यक्रमलाई सोही उमेर समूहका विद्यार्थीहरु सार्थक पाण्डे र आर्सी खड्काले सञ्चालन गरेका थिए ।
परदेशमा बसेर पनि नया पुस्तालाई नेपाली भाषा र संस्कृती सिकाउने लक्षका साथ सञ्चालनमा रहेकोे नवदुर्गा नेपाली विद्यालयले यस बर्ष विभिन्न तहमा लगभग १०० को संख्यामा विद्यार्थीहरुलाई पठनपाठन गराउँदै आईरहेको छ । यस विद्यालयको सञ्चालन सम्पूर्ण महिलाहरुले गरिरहुनु भएको छ । विद्यालयको सञ्चालक समितिमा अर्चना शर्मा, अञ्जु पाण्डे, गरिमा तिवारी, पूर्णा घिमिरे र सविना थपलिया रहनु भएको छ । नवदुर्गा विद्यालयको विशिष्ठ पहिचान भनेको पूर्णरुपमा स्वयमसेवाको माध्यमबाट पढाउनुु रहेको छ, जहाँ हाल २० जना भन्दा बढी स्वयंसेवक शिक्षकहरु संलग्न हुनुहुन्छ ।
कार्यक्रममा बोर्डका निर्देशक अर्चना शर्माले शिक्षकहरुको चिनारी र योगदानको चर्चा गर्नुभएको थियो । पूजा अधिकारी, अस्मिता पौड्याल, अर्चना शर्मा, रक्षा शर्मा, देवी पौडेल, सृजना पौडेल, सुजन पाण्डे, डा. शिव राज पोख्रेल, गीता शर्मा, आचार्य प्रभा, डा. पशुपती ढकाल, तीर्था जोशी, नीना शाक्य, शान्ती भट्ट, मनहरी भण्डारी, लालिमा मास्के, सरसा पोख्रेल, प्रसंशा थापा र दिगम्बर गुरुध्र लगायतका शिक्षकले नियमितरुपमा अध्यापन गराईरहनु उक्त विद्यालयमा कल्याण कोईराला, राजन घिमिरे र मनोज खड्काले कक्षाहरुको संयोजन गर्ने गर्नु भएको छ ।
प्रतिक्रिया