काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा २०८० मङ्सिर ९ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-८२” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षक रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न स्थानहरूबाट ११ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।
विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत मनोरमा छन्दमा पुन:अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।
कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षक न्याैपानेले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई मनोरमा छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
~~~~~~~~~~~~~~~~
::::: मनोरमा छन्द :::::
~ गण : न र ज गुरु
~ गण सङ्केत : १११ २१२ १२१ २
~ छैटौँ अक्षरमा विश्राम
~~~~~~~~~~~~~~~~
अभ्यासका क्रममा सङ्कलन भएका मनोरमा छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू
[१]
१.
धन प्रलोभले, रथी चुके
रथ विकाशका, सबै रुके।
२.
नजर के तिमी, लगाउँछ्यौ
अनल प्रेमको, जगाउँछ्यौ। रामशरण न्यौपाने
भक्तपुर
[२]
अब त जाग है युवा तिमी
रगत खाेजने भयाे जिमी । ताराप्रसाद चापागाईँ
धुनिबेसी
[३]
१.
नहर आँसुको बग्यो कति
रगत नै सुक्यो थियो जति ।
२.
अनल दन्कियो छु तापमा
म कति जल्नु खै सरापमा ? वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
[४]
सकसले छ बाँच्नु धारमा
सकल द्वन्द्व भित्र मारमा । पद्मा काश्यप पाण्डे
मोरङ
[५]
१.
जब त साथमा तिमी थियौ
हरदमै खुसी झिकी दियौ ।
२.
असल धारको नयाँ कथा
सबल सारको सयौँ व्यथा । जमुना आचार्य
सिन्धुपाल्चोक
[६]
१.
मनन गर्नु है,महाशय
मुलुक गुज्रिने भयो भय।
२.
चलन छन् यहाँ, लजाउँने
मनुजको भुँडी,अघाउँने। होम प्रसाद नेउपाने
धरान,सुनसरी।
[७]
अब तिमी सँगै रमाउँला
जब त हात त्यो समाउँला। विवश पारदर्शी
झापा
[८]
अलस त्याग लाग युद्धमा
चयन छैन द्वार रुद्धमा । बाबुराम गौतम
गुल्मी
[९]
कहर मार्गमा, कहाँ गयौ
किन र फर्कँदा, हठी भयौ । प्रेम थापा “मन “
बागलुङ
[१०]
१.
धन हुने यहाँ रमाउँछन्
गरिब खै यसै हराउँछन् ।
२.
जन मिले निकै दुखी भयो
धन दिने भनी लिई गयो । भगवती दवाडी
झापा
[११]
१.
नभन प्रेम गर्छु देशमा
अब गयौ अमान भेषमा ।
२.
प्रिय थियौ जहाँ जताततै
मन भयो दुखी कतैकतै । बेदु न्यौपाने
काठमाडौँ
::::: जय टुक्का! जय साहित्य!! :::::
प्रतिक्रिया