नोभेम्वर ३० / २०२३ , न्युयोर्क
यसै वर्ष अमेरिकी राष्ट्पती सेवा पदक “स्वर्ण” २०२३, यु एस ए मार्शल आर्ट हल अफ फेम , लेगेसी मार्शल अवार्ड २०२३ जस्ता पदकहरुवाट सम्मानित हुन सफल मार्शल आर्टका महा गुरु मास्टर सुनिल शाक्य विश्व तेक्वान्डो सगठन डव्लुटीओ को मुख्यालयको अध्यक्षको कार्यालयको निर्देशक पदमा नियुक्त भएका छन्।
विश्व तेक्वान्डो संगठनको अध्यक्ष ग्रान्ड मास्टर कासे इल्सन किमको समर्थन र सम्पुर्ण कार्यकारी सदस्यहर्रुको सहमतिमा उनि निर्विरोध चयन भएका हुन् ।
मिति नोभेम्वर ३० ,२०२३ देखि लागु हुने गरि डब्ल्यूटीओ मुख्यालयका अध्यक्षको कार्यालयको निर्देशकको रूपमा, मास्टर सुनील शाक्यलाई विश्व तेक्वान्डो संगठनको अध्यक्षको कार्यालयको निर्देशक र कार्यकारी सदस्यको हैसियतमा डब्ल्यूटीओ मुख्यालयको सञ्चालनको निरीक्षण, समर्थन र व्यवस्थापन गर्न अधिकार दिइएको छ।
प्रतिक्रिया