खगेन्द्र आचार्य
सुकेका पात रुखबाट झरे झै,
भयो अब यो जिन्दगी रमन !
धेरै छन चारैतिर पात बटुलेर,
आगो लगाएर रमाउदै ताप्ने ।
तिम्रा पीडाभरी शब्द सुने पनि,
तिम्रा झरेका आँसु पिउन सक्दिन ।
तिम्रो आँसुको पोखरीमा डुबेको,
तिम्रो तस्बि अब हेर्न सक्दिन,
म कसैको बिरासद हु कोइली ,
तिमीलाई आफ्नो मान्न सक्द्न ।
तिम्रा आँखा मेरो खोजिमा,
हिजो साझ झिमझिम गर्दै थिए,
कति झर्छन तिम्रा आँखाबाट आँसु ,
हात थाप्ने मन बनाएको थिए ।
तिम्रो पछेउरी नया होस वा पुरानो,
केही फरक पर्दैन मलाइ कोइली ,
तिम्रो पछेउरी भिएको थियो,
आँसुले भिजेको होस वा पसिनाले,
मेरै कारणले भिजेको भए पनि ,
दुखको साथी भन्दैमा रुनु हुदैन सधै,
परिवार समाज हेरेर समालिनु पर्छ।
तिमी लाई अपनाउन दिमाग भन्छ,
अर्काकी बिधुवा हो भन्दै,
यो समाज भाजो हाली रहन्छ ।
बस अब म थाकी सके गलि सके,
तिमीले देखे पनि नदेखे पनि ,
यो दिल सधै रोइ रहेको छ।
तिम्रा आँसु बग्न छोडे पनि रमन !
मेरा आँसु बगि राखेका छन ।
मेरो दिल दिमागमा जमेका सारा कसर,
तिम्रो अगाडि छरी दिन्छु।
तिमिलाई कती माया गर्छु कोइली ?
आँसुले भिजेको रुमाल निचोरेर देखाउछु
बस मेरा सारा चाहना बटुलेर,
आफ्नै दिल दिमागमा दबाएर राख्छु,
तिमीसग शब्दको युद्ध नगरी,
हार स्वीकार गर्छु अब म रमन !
अटाउन सकिन म तिम्रो भाग्यमा,
परब्रह्माको आशीर्वाद भए पछि ,
जस्को भाग्यमा लेखेको छ मेरो कर्म,
उसैको घरको चुलो चौका लिप्छु रमन
प्रतिक्रिया