स्मृतिमा
मोहन सुवेदी, तेजपुर ( असम )
२०८० पुष ८ गते १८:२१ मा प्रकाशित
केही पनि नराख सम्झनामा
कसरी शुरू गर्यो बिहानीको घामले
कसरी सकियो अँध्यारोको स्थिति
मझेरीमा सारा रात उभिएर
अलिकति मनमा राख बरु
स्मृतिका पुराना पृष्ठहरू पढेर
एकदिन त निश्चय नै उम्रिनेछ
पोखरीको डीलमा रोपेको एउटा बीऊ
स्मृति चिह्नमा लेखियोस् कि म मान्छे थिएँ…….
प्रतिक्रिया