१.
बाँझो भए ती खेतबारी कसले दाउने ?
भत्किएको खरकाे छानो कहिले छाउने ?
२.
खोक्रो भयो देश अहो ! युवा पलायन
देख्दादेख्दै यी दृश्य मुटु चहराएन ?
३.
लागेको छ मुटुभित्र सधैँभरि तीर
झुकेको छ संसारमै नेपालीको शिर ।
४.
हाम्राे देशमै बल्छ आगो किन सधैँभरि
हाल्छौ पासो निर्बोधलाई मीठो चारा छरी । ललिता ‘दोषी’
बुद्धनगर, काठमाडौँ
प्रतिक्रिया