कतातिर गुन्जियो गीत मेरो मनलाई…………

इनेप्लिज २०८० पुष १३ गते २२:१२ मा प्रकाशित

कतातिर गुन्जियो गीत मेरो मनलाई छोएको छ

यो गाउँ , भन्ज्याङ सँग मेरो प्रीत छ

उनले लजाएर भन्छिन् यता तिर बसौँ

यी सुन्दर फाँटहरूमा हामी सँगै नाचौँ

प्रभातको समयमा मेरो माया ब्युँझिन्छ

सूर्यको पहिलो किरण सँग प्रीत गाँसिएको छ

जुनले पनि जिस्काउँछ मायालु गइन कता

गाह्रो हुन्छ मनमा यता उता खोज्दै हिडनु पर्दा

मनमा मायाको गहिरो सागर छ

मनको मन्दिरमा पवित्र माया बसेको छ

मेरो माया कहाँ पुग्छ सपनीमा देख्छु

गुराँस फुल्ने ठाउँलाई हेर्न खोजेको छु

कतातिर गुन्जियो गीत मेरो मनलाई छोएको छ

यो गाउँ , भन्ज्याङ सँग मेरो प्रीत छ

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया