हामी दस माथिका विधार्थी 

ध्रुव बडुवाल २०८० पुष २२ गते १६:५० मा प्रकाशित

हामी दस माथिका बिध्यार्थी हौ….
दस माथिका बिध्यार्थी हौ….

हामी दस माथिका बिध्यार्थी हौ….
दस माथिका बिध्यार्थी हौ….

हामी आन्टि चुइगम चपाउने हो…
कक्षामा मजाले पट्काउने हो…

चाहे जे सुकै भनुन, सर म्यामहरु..
हामी त आफ्नो पारामा रमाउने हो …

खुर्पा जस्ता नङग्रा हाम्रा, रंगी चंगी कपाल…..
बबाल छ है समय, सबैले आफुलाइ समाल….

हामी दस माथिका बिध्यार्थी हौ….
दस माथिका बिध्यार्थी हौ….

बिद्यालयको पोसाक पनि लगाउने कुनै चिज हो र?
क्याजुअल ड्रेसमै हामी राम्रा देखिन्छौ धेरै थोरै….

हामी दस माथिका बिध्यार्थी हौ….
दस माथिका बिध्यार्थी हौ….

हाम्रो हातमा घडी हैन, लगाउने फलामको बाला …
हाम्रो मनमा एउटै कुरा लगाउने स्कुलमा ताला…..

हावामा कपाल उडाउन देउ, चुल्ठो बाट्न नभन….
स्कुलका नियमले दुखेको छ यो मन…

कक्षामा हामी हल्ला गर्छौ, भबिष्य त हाम्रो हो …
प्रयोग गर्नु आत्मनिर्णयको अधिकार के त्यो नराम्रो हो र…

हामी दस माथिका बिध्यार्थी हौ….
दस माथिका बिध्यार्थी हौ….

-ध्रुव बडुवाल
शिक्षक, श्री जन जागृती मा वि , चौरी कैलाली

प्रतिक्रिया