नेपालीमूलका अमेरिकन पुरूषले भोग्नु परेको पुरूष हिंसा

शशी के.सी २०८० पुष २९ गते १४:४५ मा प्रकाशित

केही दिन देखि संसारभर छरिएर रहेको नेपाली समाज फेरी एकपटक नेपाली क्रिकेटर संन्दिप लामिछाने र गौशाला २६ को बलात्कारको मुद्दाको फैसलाको बिषय लिएर निक्कै तरंगित छ । यस बिषयमा बिभिन्न सोसल मिडियामा , टेलिभिजनका टक सोहरूमा आएर पक्ष / विपक्षका वकिलहरू , समाजसेवी , मानव अधिकारकर्मी , महिला अधिकारकर्मी लगायत सांसद आदीले बोलेको र लेखेको टिप्पणीहरू पढ्दा र हेर्दा अहिलेको नेपाली समाज चाहीं विकसित मुलुक जत्तिक्कै आधुनिक स्तरमा पुगिसकेको महशुस हुन्छ ।

बलात्कार जस्तो जघन्य अपराधको बिषय सबैतिर खुल्लारूपमा नै बहस हुँदैछ। त्यस्तै दुबैको सहमती बिनाको शारीरिक संम्बन्धलाई बलात्कार नै मानिन्छ भन्ने कुराको चर्चा हुँदैछ ।अझ केही मानव अधिकारकर्मीले पत्रकारले सोधेको प्रश्नको जवाफ दिएको सुन्दा त चकित नै लाग्ने छ । महिलाहरूले “नो” भनेपछि “नो” नै हो भन्ने बुझ्नु पर्छ पुरूषहरूले भन्ने तर्क गर्दै हुनुहुन्छ।

अहिले त नेपालमा उमेर पुगेका बालिग केटाकेटीहरू बीच माया प्रेम भएपछि शारीरिक संम्बन्ध पनि हुन्छ होला नै , कुन ठुलो कुरा हो र त्यसो हुनु भने जस्तो सामान्य तरीकाले पो नेपाली समाजले स्वीकारेको अवस्था रहेछ। जुन कुरा आजभन्दा २५-३० बर्ष अगाडीसम्म केटाकेटी, प्रेमीप्रेमिका होटेलमा रात बिताउन जाने त परै जाओस, समाजले देख्ने गरी संगसंगै हिंडने, बोल्ने गर्नु पनि निक्कै ठुलो सामाजिक अपराध नै गरे जस्तो सोचिन्थ्यो । त्यो बेला एकआपसमा मन मिले बरू घरबाट भागेर केटाकेटीले विवाह नै गर्थे । अहिले जस्तो स्वतंन्त्रता थिएन ।

त्यो बेला एकआपसमा मन मिले बरू घरबाट भागेर केटाकेटीले विवाह नै गर्थे । अहिले जस्तो स्वतंन्त्रता थिएन ।

अझ आजकल त विवाह नै नगरि पनि उमेर पुगेका युवायुवती विवाहितहरू जस्तो गरेर लिभिंग टुगेदर गरेर बस्ने चलन निक्कै बढेछ नेपालमा पनि । नेपाली सिने क्षेत्रका नाम चलेका बयस्क नायक नायिका बर्षौंदेखि त्यसरी खुल्लारूपमा सँगसँगै बस्छन् भन्थें । त्यसको पुष्टी बेलाबेलामा उँहाहरूसँग लिईएको अंन्तरवार्ता र समाचारमा भेटिन्छ खोज्दा ।

जबजब नेपालका चर्चित पुरूषहरूको बलात्कार काण्ड सार्वजनिक हुन्छ । अनि नेपाली समाज जसरी तंरगित भएर खुल्लारूपमा बलात्कारको बारेमा बहसमा निक्लन्छ । हो अब चाहीं यसरी नै खुल्लारूपमा घरघरबाट नै यौन शिक्षाका बिषयमा छोराछोरीलाई बाबुआमा वा घरका जिम्मेवार अभिभावकले बताई दिन सक्नु पर्छ।

त्यस्तै विकशित मुलुकहरूमा विधालय स्तरमा नै सही यौन शिक्षा पढाई हुने गर्छ । नेपालमा पनि तेस्तै गरी पढाउनु र बुझाउनु पर्छ । उहिले जस्तो स्वास्थ शिक्षाको किताबमा महिला र पुरूषका यौनागंको बारेमा पढाउँदा सर, मिसहरू रातो रातो अनुहार पारेर विधार्थीको अनुहार नहेरी व्ल्याक बोर्डमा मात्र लेखेर, पढाए जस्तो गरेर झारा टार्ने काम गर्न हुन्न ।

यसरी महिला पुरूष एकआपसमा हिंसाको शिकार बन्ने र बनाईने हो भने त स्वच्छ समाज कसरी बन्ला र अगाडी बढ्ला खोई ?

हो पुस्तौं पुस्तादेखि नेपालमा महिलाहरूले भोग्दै आएका सामाजिक, मानसिक र शारीरिक श्रोषण ,भेदभाव र पिडाहरूको अन्त्य हुनु पर्छ भनेर अनेकौं आवाज उठाईयो । बिभिन्न क्षेत्रमा आवद्ध महिलाहरूले सडक देखि सदनसम्म अनेक लडाईं लडेर आजकल महिलाहरूको हक अधिकारको बिषयमा निक्कै मजबुत कानुन बनेको छ । ती अग्रज महिलाहरूलाई धन्यवाद भन्नै पर्छ । कडा कानुनको कारणले अन्यायमा परेका महिलाहरूले न्याय पनि पाईरहेका छन् ।

तर नेपाली समाजमा आजकल तेही कडा कानुनी अधिकारको दुरूपयोग गर्ने प्रबृद्धी पनि निक्कै नै बढी रहेको छ । तेस्को शिकार चाहीं आजकल नेपाली मुलका अमेरिकन पुरूषहरू निक्कै भई रहेको देख्दैछु ।

आजकल त नेपालका केटीहरू विवाह गर्न निक्कै डराउन थालेका छन् । एक त विवाह गरेर लगत्तै ल्याउन पनि नपाईने । अनेकौं कानुनी कागजहरू तयार पार्नु पर्ने । फेरी न केटीसँग राम्रोसँग चिनजान छ । अरूले भनेको भरमा असल, कुल, घरानाको भनेर कुनै केटीसँग नेपालमा गएर धुमधाम विवाह गर्र्यो । भरेभन्दा ती केटीहरूले त विवाह गरेर अमेरिका छिर्ने माध्यम पो बनाउने रहेछन नेपाली मुलका अमेरिकन पुरूषहरूलाई जस्तो देखिंदैछ ।

केही बर्ष अगाडी एकजना पुरूषले नेपालमा विवाह गरेको र श्रीमतीलाई सबै कानुनी प्रकृया पुरा गरेर अमेरिका ल्याउँदै गर्दा एयरपोर्टबाट नै श्रीमती त उनको अमेरिकामा रहेको प्रेमीसँग गईन भन्ने समाचारले निक्कै चर्चा पाएको थियो।

त्यस्तै अर्को आफन्तकै एक केटालाई अमेरिका आएर ग्रीनकार्ड लिएपछि केटीले संम्बन्धबिच्छेद मुद्दा हालेर दुख दिएको घटना घटेको छ । ओहो, बिचरा केटा र परिवार मुद्दा लड्दै ठिक्क, संम्पत्ति, इज्जत सबै सक्किन लागि सक्यो ।

एउटा घटना त केटाले आफु रातदिन काम गरेर , दुख गरेर श्रीमती पढाए । पढाई सकेर जागीर, ग्रीनकार्ड सबै हात लागेपछि त केटासँग आफ्नो हैसियत मिलेन भनेर केटीले त संम्बन्धविच्छेद गरिन । उल्टै अमेरिकामा दुख गरेर जोडेको संम्पत्ति र नेपालको पुर्खौली संम्पत्ति भागबण्डा गर्नु पर्र्यो । केटी अहिले एउटा खैरेसँग विवाह नगरि लिभिगं टुगेदर गरेर बस्छिन् । केटाले चाहीं राम्रो नेपाली केटी विवाह गरेर नँया घरजम गरिरहेका छन् ।

एउटा घटना त केटाले आफु रातदिन काम गरेर , दुख गरेर श्रीमती पढाए । पढाई सकेर जागीर, ग्रीनकार्ड सबै हात लागेपछि त केटासँग आफ्नो हैसियत मिलेन भनेर केटीले त संम्बन्धविच्छेद गरिन ।

हो यस्ता अनेक झन्झट र पुरूष हिंसाको घटना घटिरहेको हुनाले आजकलका युवाहरू डराएर मान्दैनन् नेपालका केटी विवाह गर्न ।

तेरा घरमा दिदीबहिनी, छोरी छैनन् भन्नेले तेरा घरमा दाजुभाई, छोरा पनि त छन् भन्न सक्नु पर्छ । छोरा हुन वा छोरी दुवैलाई घरबाट नै सही नैतिक शिक्षा पढाउनु पर्छ । अझ नैतिक मात्र हैन यौन शिक्षा नै पढाउनु पर्छ । यसरी महिला पुरूष एकआपसमा हिंसाको शिकार बन्ने र बनाईने हो भने त स्वच्छ समाज कसरी बन्ला र अगाडी बढ्ला खोई ? विवाह जस्तो पवित्र संम्बन्धमा सधैंको सौदा ?

अन्त्यमा, त्यो गौशाला २६ बसेको होस्टेललाई पनि कारवाही हुनु पर्छ । होस्टेल बसेको केटी रातबिरात हराउँदा खोजतलास गर्न पर्दैन ? बाउआमाले संतान होस्टेल राखेर सुरक्षित महशुस गर्न नपाईने नेपालमा ?

शशी के.सी

शशी के.सी

लेखिका

प्रतिक्रिया