खगेन्द्र आचार्य
मर्नु पहिला स्वर्गको आश गर्ने,
मरेपछी नर्क पुग्ने त्रासमा बाच्ने,
ए सर्ब श्रेष्ठ बिबेकशिल मानव हो ,
किन यति छिटै बिबेकहिन हुन्छौ?
बाच्न कति गारो छ ब्रह्मदेब ?
मर्न अति अपठ्यारो छ यमदेब ?
स्वर्गको आश नर्कको त्रासमा,
यो जिन्दगी कसरी चल्छ होला ?
तिम्रो समरक्षणमा बाचेका मानबलाइ,
यो प्रिय धर्तीमा प्रेम गित गाएर,
चौरासीलाख जुनि पछि पाएको,
यो जिन्दगी खुसी बनाउन सम्झाउ,
स्वर्गको आश नगर मानव,
स्वर्ग कहाँ छ? देखेका छौ कहिले?
नदेखेको ठाउँ कसरी पुग्न सक्छौ?
त्यहा पुगि हाले कसरी रमाउछौ एक्लै?
नर्क कहाँ छ? कस्ले देखेको छ?
थाहा नभएको ठाउँ देखि नडराउ,
यो सुन्दर धर्तिको जिन्दगी नडुबाउ,
आफू बाच अरुलाइ बचाउ ,
यहि धर्ती हो तिम्रो स्वर्ग,
यहि धर्ती हो तिम्रो नर्क,
यहि धर्ती हो कर्म गर्ने ठाउँ,
कसरी बाच्छौ ?आफ्नो बाटो रोज,
तिम्रा आँखा ताल होइनन,
पानी किन भरिन्छन कहिले कहिले,
तिम्रो दिल सिसाले बनेको होइन,
किन टुट्छ तिम्रो दिल? कहिले कहिले,
तिमी मात्र बिबेकशिल छौ धर्तीमा,
परिवर्तनकारी मौसम झै होइनौ तिमी ,
बिरुवा मौसम मौसममा बदलिए झै,
बदलिन्छौ तिमी घरी घरी किन?
मर्नु पहिला स्वर्गको आश नगर,
मरे पछि नर्क पुग्ने त्रास नलेउ,
सास गए पछि चेतना हुदैन,
आफ्नो बिबेकको प्रयोग गर,
तिम्रो स्वर्ग नर्क यहि धर्ती हो,
न स्वर्गको आश न नर्कको त्रास,
यो धर्ती मात्र हो तिम्रो खास,
मानव बाकी सबै बकबास ।
प्रतिक्रिया