हिमालय फ्रि क्लिनिक भर्जिनियामा कोभिड तथा फ्लुको खोप समेत सेवा प्रदान गरिने

इनेप्लिज २०८० माघ १७ गते २:१८ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको स्यानटिली शहरमा हरेक महिना आयोजना हुदै आएको हिमालय फ्रि क्लिनिकमा यस महिना कोभिड तथा फ्लुको खोप समेत सेवा प्रदान गरिने भएको छ ।

हिमालय फ्रि क्लिनिकले यही आउदो शनिवार फेब्रुअरी ३ तारिखका दिन समुदायको मागलाई ध्यानमा राखी कोभिड र फ्लु भ्याक्सिनको कार्यक्रम फेरी पनि राखेको छ ।

इच्छुक महानुभावहरुले हिमालय फ्रि क्लिनिक संचालन भै रहेको तलको ठेगानामा आई सो भ्याक्सिन(खोप) हरु लिन सक्नुहुने छ । समय विहान १० वजे देखि दिउसो १२ :३० सम्म रहेको छ ।

यस्को लागि एपोइन्टमेन्ट (समय तथा नाम) लेखाई रहनु पर्ने छैन । खोप (भ्याक्सिन )लिन आउदा आफ्नो फोटो आइडि (परिचय पत्र )अनिवार्य रुपमा देखाउनु पर्नेछ ।

सोही दिन संचालन हुने हिमालय फ्रि क्लिनिकको लागि डा बिरेन्द्र अमात्य ,डा नारायण धरेल तथा डा राजेश सुबेदीले विरामी जाच्नु हुनेछ । विरामी जाचको लागि सबै एपोइन्टमेन्ट (स्वास्थ्य परामर्श तथा जाँच भेटघाट समय सकिएको छ ।

विरामी जाचको लागि पनि आफ्नो परिचय पत्र (फोटो आइडि )अनिवार्य रुपमा लिएर आउनुहोला ।

क्लिनिक सम्वन्धि केही प्रश्न भएमा तल दिएको फोन नम्वरमा फोन गरी मेसेज छोड्नुहोला ।

धन्यवाद !

Clinic Address: 4101 Elmwood St., Chantilly, VA 20151 (Gate #4)
Date: Saturday, February 3, 2024
Covid and Flu vaccine time: 10:00 am to 12:30 pm
Patient check-up time: 9:00 am to 1:00 pm

Himalaya Free Clinic
Phone: 202-341-8696
www.himalayafreeclinic.org

प्रतिक्रिया