राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सहकारी ठगी प्रकरणका आरोपित गितेन्द्रबाबु (जीबी) राईलाई पक्रिन नचाहेको आरोप लगाएका छन् ।
कर्णाली प्रदेशका पार्टी कार्यकर्ताहरुले काठमाडौंमा गरेको भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठले वास्तविक रुपमा सहकारी पीडितहरुलाई न्याय दिन नचाहेको आरोप पनि लगाए ।
पीडितलाई न्याय दिलाउनको साटो सरकार आफूलाई फसाउन गल्ती र कमजोरी खोज्न लागेको पनि रबिले आरोप लगाए ।
‘रवि लामिछानेको केही भेटिन्छ कि खोज्नुहोस् त । यता खोज्नुस् । त्यहाँ खोज्नुस् त केही भेटिन्छ कि भनेर यति समय लाउनुभयो,’ उनले भने, ‘केही भए पो पाउनु ? भए त किन छोड्थे र ?’
प्रतिक्रिया