हिमालय फ्रि क्लिनिक भर्जिनियामा बिमा नहुने तथा नेपालबाट भ्रमणमा आएका सहितले उठाए स्वास्थ्य सेवा लाभ

इनेप्लिज २०८० माघ २१ गते १४:०६ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा हिमालय फ्रि क्लिनिक भर्जिनियामा बिमा नहुने तथा नेपालबाट भ्रमणमा आएका सहितले स्वास्थ्य सेवा उठाए लाभ उठाएका छन् ।

हरेक महिना नेपाली समुदायलाई केन्द्रित गर्दै स्वास्थ्य जाँच, खोप तथा शारीरिक परीक्षण लगायत सेवामा समर्पित हिमालय फ्रि क्लिनिकले यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई निसर्त र निस्वार्थ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

गत फेब्रुअरी ३ शनिबारका दिन आयोजना गरिएको निशुल्क स्वास्थ्य सेवामा महिना कोभिड तथा फ्लुको खोप समेत सेवा प्रदान गरिएको थियो । समुदायको आग्रह र माँग अनुसार खोपको पनि व्यवस्था गरिएको थियो ।

निशुल्क स्वास्थ्य जाँच गर्न उपचार कक्ष विहान ९ वजे खोलिएको थियो भने दिउसो १ बजे सेवा लिन आउनेहरु क्रम जारी रहेको थियो । गत शनिबार कम्तिमा ३८ जनाले चित्किसकहरुसँग स्वास्थ्य जाँच लिन आएका नेपालीहरुले स्वास्थ्य सेवा लिएका थिए भने ८० जनाले फ्लु तथा कोभिडको खोप लगाएका थिए ।

खोपको लागि कुनै एपोइन्टमेन्ट (समय तथा नाम) लेखाई रहनु पर्ने कुनै बाध्यता थिएन भने अधिकांश सिधै उक्त सुबिधा लिन आएका थिए ।

हिमालय फ्रि क्लिनिकमा चिकित्सक बिरेन्द्र अमात्य ,चिकित्सक नारायण धरेल तथा चिकित्सक राजेश सुबेदीले विरामीको जाँच गरेका थिए । हिमालय फ्रि क्लिनिकले बेला बेलामा रक्तदान समेत गर्दै आएको छ ।

नेपाली समुदायले अब अर्को महिनाको पहिलो शनिबार मार्च २ मा स्वास्थ्य सेवा लिन सक्ने छन् । अर्को महिनामा पनि फ्लु र कोभिड को खोपको सेवा प्रदान गरिने छ ।

प्रतिक्रिया