रङ्गिन दुनिया

इनेप्लिज २०८० फागुन १ गते ११:४९ मा प्रकाशित

खगेन्द्र आचार्य

यो मेरो सानो रङ्गिन दुनिया ,
हिजो आज अँध्यारो अँध्यारो लाग्छ,
ए प्रतीक्षा तिम्रो अनुपस्थितमा ,
यो जिन्दगी सुनो सुनो लाग्छ,
तिमी एकछिन टाढा भइ दिदा,
यो दिल आधा भइ दिन्छ।

तिमिले दिएको सानो चुनौती बाट,
भाग्ने मान्छे होइन म प्रतीक्षा ,
यो सम्बन्धमा उकाली ओराली गर्नु पर्छ,
डराएर थाक्ने माम्छे होइन म,

मेरोसाथ पाउने इच्छा भए,
यो सम्बन्ध अगाडि बढाउने भए,
आखामा सारा सपना लुकाएर,
मेरो घर आगनमा आउ छिटो,
दो-बाटोमा रोएर कराएर,
रातदिन मायाको भिख मागेर
समाज परिवार हसाएर तर्साएर,
पाउने घरकि छोरी होउन म,

मनको हो यो मेरो रोजाइ,
तिमिलाइ खोजेर रोजे प्रतीक्षा ,
यी आखाको मात्र रोजाइ भए,
यत्रो ससारमा लामो हुने थियो खोजाइ,
बुझ्नै गारो तिम्रो मनका कुरा,
अडकिदै अडकिदै बोल्नु पर्ने,
आशा टुट्यो भरोसा भत्किएपछी,
ससारमा कसैको हुदैन होला खोजाइ,

म आउछु कुनै दिन प्रतीक्षा ,
रातो ठूलो अरबी घोडा चडेर,
लामो जन्ती को लस्कर लगाएर,
हास्दै नाच्दै पन्चे बाजा बजाउदै,
तिमी लाई लिएर उडने छु
मेरो रङ्गिन दुनियाको सयर गराउन,
सारा घर छिमेकी छ्क्क पारेर,

उडाउन त मलाई उडाउछौ,
आकाशमा उडने बायुपखी घोडा,
कहाँ बाट कसरी ल्याउछौ प्रमोद ?
बताइ देउ आजको साझमा मलाइ,

आफ्नो दिलको सारा दुख सुनाएर,
ब्रह्मासग वायु पखी घोडा मागेर,
साथी भाइ घर समाजलाई देखाएर,
तिमी लाई उडाएर लैजान्छु,
बर्मा देशबाट काठमाडौ सहर प्रतीक्षा!

प्रतिक्रिया