प्रेम आनन्दको सबैभन्दा नजिकको बहिनी हो। प्रेममा लगभग आनन्द हुन्छ, तर प्रेम नै आनन्द भने होईन।
मानिस आफ्नो शरिरलाई सबैभन्दा बढी प्रेम गर्छ, जाने देखि मेरो शरिर, मेरो शरिर भन्छ, यो शरिरलाई अलिकति चोट लाग्दा पनि दुखि हुन्छ, यो शरिरको एक रौं फुल्दा पनि नमजा मान्छ, तर यो यति धेरै प्रेम गरेको शरिरबाट पनि आनन्द भएन भने उसले यो शरिरलाई नै खतम पारिदिन्छ,आत्माहत्या गर्छ! प्रेम खतम पारेर भएपनि ऊ आनन्द चाहन्छ।
हरेक मानिसको भित्री चाहा आनन्द हो। ऊ पैसामा, पदमा, प्रेममा, प्रतिष्ठामा , सम्वन्धमा, समाधिमा ( थोरै मान्छेहरू) ,सम्भोगमा, हरबखत, हरकुरामा जानेर, नजानेर आनन्द खोजिरहेको हुन्छ।
जसले थोरै प्रेम बुझ्ने अवसर पाएको छ। जसले आनन्दको अलौकिक रसास्वाद थोरै भएपनि चाखेको छ। तरपनि उ लाटो छ, बताउन सक्दैन प्रेम कस्तो हुन्छ भनेर, बताउन सक्दैन आनन्द कस्तो हुन्छ भनेर!
यति मात्र ईसारा गर्न सक्छ प्रेम र आनन्द दुबै आफ्नै ह्दयमा छन्। यसलाई यति थाह छ, प्रेम पाउने हरू भन्दा प्रेम दिन सक्ने हरू यहाँ बढी खुसी छन्। यसले भन्दै गरेको छ प्रेम एउटा क्रान्ति हो र यो जो कोही बाट संभब पनि छैन्। हामीले स्विकार्नु पर्छ, हामी धेरै त प्रेम गर्ने प्रयासको अबस्थामा छौ।
आनन्द त झन हस्तिनापुर बिजय हो। यो त झन जो कोही बाट संभब हुने कुरै भएन। या त अर्जुनको जस्तो अभ्यास बाट निपुःण मनलाई धर्म युद्दमा लडखडाउदा मार्गनिर्देशन दिने श्री कृष्ण जस्तो सारथी मिल्यो भने आन्नद सम्मको यात्रा सम्भव हुन्छ।( भक्ति योग)। या त जुनी जुनीको कडाँ अभ्यास र अनुशासन बाट कुनै युगमा बिरलै युगपुरूष हरूले त्यो आनन्दको सात्क्षातकार गर्ने मौका पाउछन्।( ज्ञान योग)
त्यो अन्तर ह्दय नजिक रहेको आनन्दबाट प्राप्त प्रेम र प्रेम गर्न लगभग सक्ने मनबाट आज प्रेम दिवशको दिन प्रेम र आनन्द मनपराउने हामी सबैको लागी प्रेम पुर्बक आनन्द पुर्बक केही लेख्दै , लाभ हानी, प्रेममय, करूणामय उनै आनन्दमय दिब्य स्वरूपमा टक्राउने प्रयास गरे. अस्तु”
( लेखक प्रेम रस करुणा वुझ्ने अत्यन्त आध्यात्मीक विचारको पशुपतीनाथ वुद्द फाउण्डेशन वोष्टनमा आवद्द एक सामाजिक अभियन्ता हुनुहुन्छ )
प्रतिक्रिया