भलो गर्छु भन्दा भन्दै ज्यानै पो सुक्न थालिसक्यो ।
आफ्नै मान्छे भन्ने पनि देख्दा लुक्न थालिसक्यो ।।
दुनिया सबै स्वार्थी रैछन आफ्नै दुनो सोझ्याउने।
अरुलाई अघि सार्दा अबसर चुक्न थालि सक्यो ।।
जसको शक्ति उस्को भक्ति शक्तिकै पछि लाग्ने ।
आफ्नै कुकुर आफैसंग आज भुक्न थालि सक्यो ।।
धनकै पछि लाग्छन् सबै तछाड मछाड गरी गरी ।
कमाई छोटो, खर्च मोटो दैनिकी रुक्न थालिसक्यो ।।
ज्ञान, बुद्धि, बिबेक सबै ओझेल परिसकेका छन ।
धनको बिटो नहुनेको स्वाभिमान झुक्न थालिसक्यो ।।
प्रतिक्रिया