“अवसान”

ध्रुब पौडेल २०८० फागुन ६ गते १:२३ मा प्रकाशित

उमेर पुग्नु पर्दैन, पर्दैन रे बुढो हुन।
साईत जुर्नु पर्दैन,पर्दैन काम भ्याउन।।

अवसान हुनेगर्छ ,जिउने दिन सक्किदा।
कसैको कलिलो छाला,कसैको हाड मक्किदा।।

कोही दीर्घजिवी हुन्छ,खिइन्छ अनि बित्तछ।
कोही केही अपर्झट्मा,घटना घटेर बित्तछ।।

बाध्यताबसले कोही,स्वतस्फूर्त बिलाउँछ।
जीवन् समाप्तिको निम्ति ,चाँजोपाँजो मिलाउँछ।।

अनेकौं दुख पाएर,बाँच्ने इच्छा हराउँछ ।
विवश् बन्छ अनि आफ्नै,अवसान गराउँछ।।

कोही पासो लगाएर,कोही बिष पिईकन।
कोही आगो लगाएर,कोही हाम्फाल्छ पानीमा।।

प्रकृतिबाट उम्रेर, प्रकृतिमा बिलाउँछ।
दिन सिद्धेपछी मान्छे ,आफैं कुरा मिलाउँछ।।

कहिलेकाहीँ मान्छेले ,मान्छेलाई सिध्याउँछ।
बाँचिराख्लास् भनी काल,पर बसी गिज्याउँछ।।

कवि ध्रुब पौडेल
शैपु रामेछाप

प्रतिक्रिया