अमेरिकाको मेरिल्याण्ड राज्यमा रोकेको गाडी चोरी गर्दै भाग्दा प्रहरी सहित कम्तिमा व्यस्त राजमार्गमा २० जनालाई ठक्कर दिने व्यक्तिलाई अन्तत्वगत्वा पक्राउ गरिएको छ ।
अपहरण गरिएको गाडीमा उक्त चालकले कम्तिमा २० जना प्रहरी र मानिसहरुका सवारी साधनलाई ठक्कर दिए । प्रहरीले गत शुक्रबार साँझ बेल्टस्भिल, मेरील्याण्डबाट चोरी भएको गाडीलाई पछ्याउदै अन्तिममा गाडी रोकी उनलाई पक्राउ गर्न सफल भएको छ ।
बेल्टस्भिलको अन्तरराज्यीय ९५ राजमार्गमा रोकिएको मेरिल्याण्ड राज्यको राजमार्ग प्रशासनको खिच्ने वाहन (टो ट्रक)को चालक कसैको सहयोगमा गएको बेला साँझ ५:१५ कसैले लिएर बेपत्ता भए पछि आपत परेको थियो ।
खिच्ने वाहन (टो ट्रक)ले मेरिल्याण्ड राज्यको बेल्टवे राजमार्गमा भाग्दै गर्दा कम्तिमा तीनवटा गाडीलाई ठक्कर दिएको थियो । मेरील्याण्ड प्रहरीले छोटो समय पछि गाडी भेट्टायो, र धेरै प्रहरीका गाडीहरुले पछ्याए।
शुक्रबार साँझ भीड भएको समयमा घन्टौ सम्म प्रिन्स जर्ज र मोन्टगोमेरी काउन्टीहरूमा प्रहरीले पछ्याएका थिए । करिब एक घण्टा पछि ह्वाइट ओक क्षेत्रको बर्न्ट मिल्स उद्यान (पार्क) नजिकैको जंगलमा पछ्याउने समाप्त भयो, तर चालकले ढोका खोलेनन्।
प्रहरी अधिकारीहरूले बन्दुक तानेर गाडीलाई घेरे र चालकलाई बाहिर निकाल्न खोजे । र अन्त्यमा हिरासतमा लिनका लागि झ्यालहरू तोड्न लाठी प्रयोग गरे।
प्रहरीले चालकलाई रुग्णवाहिणीमा राखे र उनी घाइते अवस्थामा अस्पतालमा पुर्याइएको छ ।
प्रतिक्रिया