काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा २०८० फागुन ४ गते “छन्दमा टुक्का कविता लेखन श्रृङ्खला-९४” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षक रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न स्थानहरूबाट ११ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।
विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरी नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत तोटक छन्दकाे अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।
कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईँ तथा प्रशिक्षक न्याैपानेले प्रयाेगवादी काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई तोटक छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
~~~~~~~~~~~~~~~~~~
::::: तोटक छन्द :::::
~ गणः स स स स
~ सङ्केत : ११२ ११२ ११२ ११२
~ ३ र ६ अक्षरमा छोटो विश्राम
~~~~~~~~~~~~~~~~~~
अभ्यासका क्रममा सङ्कलन भएका तोटक छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू
[१]
१.
दुनियाँ बिउँझे सब हेर जुटे
पसिना खलका दशधार छुटे।
२.
कतिले सहजै घुसकेस छले
कतिका घरमा भलआँसु चले। रामशरण न्यौपाने
भक्तपुर
[२]
कति हाे मनमा तुसकाे लहरी
दबियाे लुटकाे धनकाे पगरी । ताराप्रसाद चापागाईँ
धुनिबेसी
[३]
१.
उनको मनले अति चाह गर्यो
रसमा गुलियो अनुराग भर्यो।
२.
जब त्यो दिलमा रिसराग गयो
अति नै हँसिलो अनुहार भयो। होम प्रसाद नेउपाने
धरान, सुनसरी ।
[४]
मनको पिर त्यो बहला कसरी
नयनी भिरमा छहरा जसरी । आर्त अकुलीन
कैलाली
[५]
१.
सब बुद्धि दिने, गुरु जान तिमी,
मन हुन्न ठुलो , सुन रैछ जिमी।
२.
जन ज्ञान मिले , धन साथ हुने,
अझ कर्म ठुलो , मन चन्द्र छुने । भगवती दवाडी
दमक, झापा
[६]
१.
कविका कविता कति हो रसिला,
जगमा नभमा अति नै कसिला।
२.
सबकाे मन त्याे नभए वशमा,
डर नै रहने दशका दशमा । त्रिलाेचन भण्डारी
मेचीनगर,झापा
[७]
कसको मनमा भन लौ पसियो
झुटमा गुटमा कसरी फसियो । अम्बिका अधिकारी
झापा बिर्तामोड
[८]
१.
मधु भो मदिरा रस लाग्छ मिठो
मन उड्छ बनी कन फुङ्ग पिठो ।
२.
भवमा किन यो अति दुःख हरे
मद पान गरी जन व्यर्थ मरे ! विवश पारदर्शी
झापा
[९]
जनका मनमा रहने जहिले
कविता रचना म गराैँ अहिले । दीपा समभाव
काठमाडौंँ
[१०]
१.
कखरा नखरा नगरे तनमा
कतिका समता बस है मनमा ।
२.
किन हो मनमा हुनगो नखरा
पढुवा मनले पढ है कखरा । बेदु न्यौपाने
काठमाडाैँ
[११]
कसरी बसिछिन् , जननी सहँदै
दुनियाँ क्षतिको, पथमा बहँदै । सुस्मिता अधिकारी
काठमाडौँ
;;;;; जय टुक्का! जय साहित्य!! :::::
प्रतिक्रिया