महेश भट्टराई । अमेरिका आउदै गर्दा प्राय हामीसँग गोजीमा भएको करिब ५००-२५०० डलर नै हो । त्यो पनि कतिले ऋण काडेर ल्याएको ब्याज समेत बुझाउने शर्तमा । बिद्यार्थी भिषा भए बाबुआमाले दिएको पढाई खर्चको पैसा, DV Lottery भए सरसापट गरेको पैसा, Asylum गरेको दु:खद कथा हरेकको आ-आफ्नै छ, तल्लो बाटो छिरेर आउनेको पिडादायी कथा, TPS भर्ने परिवारहरुको कथा, आफ्नो status maintain गर्न पापड बेलेको कथा, Green card पाउनको लागि गरेको दु:खकष्ट त्याग र काममा लादिएको कथा …बिगतमा हरेकको आ-आफ्नै कथा र ब्यथाहरु छन् । हामीले केहि ल्याएकै थिएनौ, हामीसँग केहि थिएन पनि । प्राय: करिब १००-५०० डलरले बैक खाता खोलेका हौ हामीले यहाँ । भगवान साक्षि छन्, हिजो अमेरिका आएर ५-६ डलर घण्टाको काममा पोछा लगाएर, फ्लोर/पाइखाना सफा गरेर, होटेलमा टेबुल पुछेर, जुठा भाँडा उठाएर, भाडा माँझेर १२-१६ सम्म घन्टा काम गरेर दु:खको अनुभव छ हामीसंँग ।
आज धेरैको १०-२० हजार डलर मासिक कमाउने ब्यापार ब्यबसाय छ । एक लाख प्लस कमाउने जागिर छ । मिलियन पर्ने घर छ । सबै कमाउने परिबार छ । अत्याधुनिक आरामदायी आ-आफ्नै कार छन । लाखौंको बैक ब्यालेन्स छ । Share Market र Crypto मा लगानी छ । Land property छ । जे छ छरपष्ट छ । लुकाउन सकिंदैन र पर्दैन पनि । जे छ भगवानलाई पक्कै थाहा छ ।
प्राय: हामीहरू धेरै हिन्दु र बुद्ध धर्म अनुयायी हौ । दु:ख र सुखमा भगवान सधैं सझिन्छौं । त्यो भगवान पनि आफ्नो पुजा कोठामा होस् वा आफ्नै नेपाली मन्दिर र नेपाली नै गुरू होस् भन्ने चाहन्छौं । आफ्नोपन चाहन्छौं । अब मनन गरौ त! रित्तो हात आएका हामीसँग आज जे छ त्यो सबै आ-आफ्नो कर्म र उनै भगवानको कृपाले हो भनेर भन्छौं । त्यसो भए हामीले हाम्रो कमाइको कति भगवानको नाममा दान, दक्षिणा वा सहयोग गर्यौं ? कति समय मन्दिरमा volunteers श्रमदान गर्यौं ?
भगवान! न त माग्नु हुन्छ, न त खानुहन्छ, न त गुनासो गर्नुहुन्छ, यो त केबल आस्था, हाम्रो बाच्ने आधार र सहारा न त हो । आखिर मृत्यु सबैको अनिबार्य छ । जाने रित्तै नै हो । भगवानको नाममा आफ्नो समुदाय र आउने भावी पिँडीहरुको लागि केहि योगदान दिएर मनमा स्वर्णिम आनन्द र आत्मशान्ती मिल्छ भन्ने किन नदिने ? नेपाली भाषा, धर्म, संस्कृतिहरुको संरक्षण र सम्बर्द्धनमा साथ किन नदिने ? हुने र कमाउनेले दिने न त हो ।
सदाचार , सद्भाब , सप्रेम , सहिष्णुता, सहकार्य, समन्वय, सकारात्मक चिन्तनले मात्रै भगवान र सबैको मन जित्न सकिन्छ ।
सबैलाई घरमा न म बोलाउन सक्छु न त हजूरहरु नै सक्नुहुन्छ । सबैसँग सहजै भेटघाट गर्ने, दु:खसुख बाँडने र आत्मीयता साट्ने पबित्र स्थान पनि भगवानको आँगन – हाम्रो मन्दिर नै त हो ।
हो! कति कमि कमजोरी भएका छन् , काम गर्दै, सिक्दै र सच्च्याउँदै जाने हो । नियतमा खोट छैन भन्ने कुरामा म स्पष्ट छु । यसको समिक्षा र सुधार डटेर पुन: गरौंला । अधुरा कामहरू धेरै छन् । बाटो, शौचालय, ब्यबस्थित पार्किङ, मर्मत सुधारहरु, विभिन्न संरचमाहरु आदि । नयाँ सम्भावनाका ढोकाहरू पनि बरेल्ति छन्। काम डलरले गर्छ ।
मैले नगरे कसले गर्ने ? समय आउछ पर्खिदैन ! इतिहास सच्याउन सकिँदैन ! मुल्याकंन भगवानले पक्कै गर्नुहुन्छ ! कुराले हैन ब्यबहारले प्रमाणित गरौ ! सकारात्मक सोँच र एकता नै हाम्रो शक्ति हो !
जय हिन्दु बुद्ध मन्दिर !
“मेरिल्याण्ड आध्यात्मिक महोत्सव ~ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ”
Date: March 30 – April 6
Location: Hindu Buddha Mandir, 12231 Harford Rd, Glen Arm, Baltimore, MD 21057
(लेखक हिन्दु बुद्ध मन्दिरका संस्थापक ट्र्ष्टी पनि हुनुहुन्छ । )
प्रतिक्रिया