वाशिंगटन डिसी स्थित एक अतिथिगृहमा प्रहरीले एक महिला मृत अवस्थामा फेला पारेका छन् । डब्लुजेएलए(एबिसी७)का अनुसार उक्त महिला मृत अवस्थामा डिसीको आईभी सिटी होटल( अतिथि गृह)मा फेला परेकी थिइन् ।
डिसीको उत्तरपूर्वी क्षेत्रमा रहेको उक्त पाहुनाघर(आइभी सिटी होटेल)मा गत शुक्रबार बेहोस अवस्थामा महिलालाई प्रहरीले फेला परेको थियो ।
हत्या अनुसन्धानकर्ताहरूले शुक्रबार दिउँसो एक महिलाको हत्या कसरी र किन गरियो र कसले गर्यो भन्ने पत्ता लगाउन काम गरि रहेको समाचारमा उल्लेख गरिएको छ । प्रहरीहरु त्यहाँ बिहान ११:२० बजे पुगेका थिए । पछि उनलाई मृत घोषित गरिएको प्रहरीले जनाएको छ ।
यो भन्दा अगाडी पनि ३१ मार्चमा आइभी सिटी होटलमा भएको यस्ती घटना भएको प्रहरीले बताए । त्यस समयमा ३१ क्रिस्टी बाउटिस्टालाई उनको कोठामा छुरा प्रहार गरी हत्या गरिएको उनले बताए ।
प्रतिक्रिया